छात्राहरु पनि अब छिटै विद्यालय फर्किन्छन् : तालिबान

१ कात्तिक, काठमाडौं ।

अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले अब छिटै नै छात्राहरु पनि विद्यालय जान सक्ने बताएको छ ।
आइतबार तालिबानको गृह मन्त्रालयका प्रवक्ता सइद खोस्टीले  छात्राहरु विद्यालय फर्किने निश्चित मिति भने शिक्षा मन्त्रालयले तोक्ने बताएका छन् । उनले अलजाजिरासँगको कुराकानीमा भने, ‘मेरो बुझाइ र सूचनाअनुसार अब निकै कम समयमा सबै युनिभर्सिटी र विद्यालय खुल्ने छन् र महिला तथा बालिका विद्यालय फर्किने छन् ।’

तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै उसले किशोरीहरुलाई विद्यालयमा सुरक्षित वातावरण नबन्दासम्म घरमै बस्न निर्देशन दिएको थियो। तर, छात्रहरुलाई भने विद्यालय फर्किने अनुमति दिइसकेको छ ।

छात्रालाई विद्यालय फर्किने अनुमति नदिएसँगै तालिबानले यसपटक पनि सन् १९९० को दशकको झल्को दिने गरी कट्टरपन्थी शासन चलाउने आशंका बढेको थियो ।

गत अगष्टमा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै उसले महिला र बालिकाको अधिकारको रक्षा गर्ने बताएको थियो । तर, त्यसयता उसले चालेको कदमले भने अन्तर्राष्ट्रिय समुदायमा तालिबानप्रतिको चिन्ता बढाएको छ ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top