×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टि-२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात, नामिबिया ७ विकेटले पराजित

२ कार्तिक २०७८

२ कात्तिक, एजेन्सी ।

श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको श्रीलंकाले सोमबार राती आबूधाबीमा  भएकाे खेफमा नामिबियालाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

Advertisement
Advertisement

जितको लागि ९७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १३.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका जितमा मध्यक्रमका ब्याटर भानुका राजपक्षे २७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४२ रनमा अविजित रहे । अविष्का फ्रनान्डो २८ बलमा २ छक्का सहित ३० रनमा अविजित रहे । पाथुन निसंका र दीनेश चान्डिमल ५–५ रनमा आउट भए । कुशल परेरा ११ रनमा क्याच आउट भएका थिए । नामिबिया जेजे स्मित, रुबेन ट्रम्पेलम्यान र बर्नार्ड शोल्ट्ज़ले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबिया १९.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । नामिबिया क्रेग विलियम्सले ३६ बलमा २ छक्का सहित सर्वाधिक २९ रनको योगदान दिए । कप्तान गेरहार्ड इरास्मसले १९ बलमा २ चौका सहित २० रन बनाए । जेजे स्मित १२ रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाले टि२० विश्वकपमा डेब्यू गरेको हो ।

श्रीलंका स्पिनर महेक थेक्शानले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगा र लाहिरु कुमाराले २–२ विकेट लिए । चामिका करुणारत्ने र दुश्मन्था चामिराले १–१ विकेट लिए ।

Advertisement

समूह ए को पहिलो खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको थियो । श्रीलंकाले बुधबार आयरल्यान्डसँग खेल्नेछ । नामिबियाले बुधबारनै नेदरल्यान्ड्सँग खेल्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top