गृहमन्त्रीद्वारा वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

१ कात्तिक ७८, मंगलबार

२ कात्तिक, काठमाडौँ ।

Advertisement

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उहाँको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे ।

Advertisement

वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top