प्रधानन्यायाधीशमा जोशीको नाम टुंगो लाग्न बाँकी

१४ साउन ७५, सोमबार
Share this
756shares

काठमाडौँ, साउन १४
भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा बैठक बुधबार दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए ।

Advertisement

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको र कतिपय प्रश्नको जवाफ नै नदिएको समितिका सदस्यहरुको ठम्याइ छ ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशीले कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।
(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top