×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

न्यायका लागि धर्ना दिएकाहरुसँग महिला र मुस्लिम आयोगको भेट

२ कार्तिक २०७८

२ कात्तिक, काठमाडाैँ ।

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माईतीघरमा धर्ना बसिरहेका पीडित परिवारका सदस्यहरुलाई राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले भेटेको छ ।

Advertisement
Advertisement

पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका उनीहरुलाई मंगलवार माईतीघरमा महिला आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले भेट गरेका हुन् । पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । पीडित परिवारसँगको भेटघाटपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पीडित परिवारका सदस्यहरुले घटनामा वासा कुर्मीको संलग्नता रहेको र उसलाई कारबाहीको माग गरेको बताए । उनले पीडितका कुराहरु गृहमन्त्री र आइजीपीसँग कुरा गरेर पीडित परिवारलाई तत्काल न्याय दिलाउन पहल गर्ने बताए । उनले स्थानीय सरकारले सही समयमा सही भूमिका खेल्न नसकेको कारण नै नेपालगञ्जदेखि पीडित परिवारका सदस्यहरु हिँडेर काठमाडौं आएको बताए ।

अध्यक्ष अन्सारीले भने, ‘यो विषयमा जानकारी लिनको लागि अहिले हामी माईतीघर आएका छौँ, म काठमाडौं आइपुग्ने बित्तिकै उहाँहरुको समस्या के रहेछन् भनेर बुझ्नका लागि आएको हुँ, उहाँहरुको भनाइ वासा कुर्मीको संलग्नता छ, उसलाई कारबाही गर्नुपर्ने भन्ने भनाइ बुझियो, म यो विषयमा थप गृहमन्त्री र आइजीपी सावसँग कुराकानी गरेर दोषी यदि कोही छ भने तुरुन्त कारबाही गरी अन्यायमा परेकोलाई न्याय दिनुपर्यो, उहाँहरु नेपालगञ्जबाट पैदल यात्रा २० दिन लगाएर काठमाडौं आउनु भनेको रहर नभएर बाध्यता हो, उहाँहरुको घाउलाई मल्हम लगाउने प्रयास गर्नेछौँ, सही छानबिन गर्न अनुरोध गर्नेछौँ, स्थानीय सरकारले नै केस सम्हाल्न सक्थ्यो, तर सही समयमा सही भूमिका नखेलेकोले यहाँ आइपुग्यो ।’

त्यस्तै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलामाथि भएको हिंसालाई समयमै सम्बोधन गर्नुपर्ने बताइन्। उनले पीडितलाई न्याय र पीडकलाई तत्काल कारबाही गर्नुपर्ने बताउँदै घटनाको छिटो भन्दा छिटो छानबिन गर्नुपर्ने बताइन्।

अध्यक्ष पराजुलीले भनिन्, ‘अहिले महिलाहरुमाथि जुन खालको हिंसा बढीरहेको छ यो हिंसालाई समयमै यसको सम्बोधन गर्नुपर्छ, हिंसा हुनुहुँदैन, जो पीडित हुनुभएको छ, अन्यायमा पर्नुभएको छ, उहाँहरुको स्थानीय तहमै सम्बोधन हुनुपर्छ, उहाँहरुले न्याय पाउनुपर्छ, त्यहाँ न्याय पाउन नसकेर यहाँसम्म आउनु हाम्रो लागि सबैभन्दा धेरै दुःखको कुरा हो, यो घटनाको चाँडो भन्दा चाँडो छानबिन भएर पीडितलाई न्याय हुनुपर्छ, पीडकलाई कानूनबमोजिमको सजाय हुनुपर्छ ।’

Advertisement

अध्यक्ष पराजुलीले पीडितहरु नेपालगञ्जदेखि हिँडेर न्यायका लागि भन्दै काठमाडौंसम्म आइपुग्नु दुखद् भएको बताइन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top