महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च

२ कात्तिक, कञ्चनपुर ।

महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ । मङ्गलवार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ ।

पानीको बहाव आठ वर्ष यताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवतजावतमा पूर्णरुपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । नदीमा पानीको बहाव बढेसँगै महाकाली पुलमा रातो बत्ती बालिएको छ ।

Advertisement

पानीको बहाव उच्च बन्दै गएपछि वर्षौ पुरानो पुलसमेत जोखिममा परेको छ । सन् १९२३ मा निर्माण कार्य प्रारम्भ गरिएको पुल सन् १९२९ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको थियो । पुल निर्माणको कार्य सम्पन्न भएपछि नदीको जलस्तर मापनको कार्य हुँदै आएको छ ।

सारदा ब्यारेजको रेकर्डअनुसार यसअघि सन् २०१३ जनवरी १८ तारिखमा महाकाली नदीको पानीको जलस्तर पाँच लाख ४४ हजार क्यूसेक पुगेको थियो ।

सन् १९३५ अगस्ट ३१ मा नदीको जलस्तर पाँच लाख २२ हजार क्यूसेक पुगेको थियो । त्यसपछि सन् २००८ मा चार लाख ६१ हजार ७८८ क्यूसेक पुगेको थियो । पानीको बहाव बढेसँगै सुरक्षा निकायले तटीय क्षेत्रका बस्तीका बासिन्दालाई उद्धार गरी सुरक्षित क्षेत्रमा राख्ने कार्य गरिरहेका छन् ।

नदीको पानी भीमदत्त नगरपालिकाको भुजेला, ऐरी, ओदाली, ऐरी, ब्रम्हदेव र दोधारा चाँदनी क्षेत्रका बस्तीमा पसेको छ । गएरातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरीले स्थानिय बासिन्दालाई सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेका छन् ।

स्थानीय सङ्घसंस्थाले उद्धार गरिएका बासिन्दालाई तत्काल आवश्यक पर्ने राहतका कार्यक्रम सञ्चालन गरेका छन् । महाकाली नदीले तटबन्धसँगै नयाँ बन्दै गरेको पुल जोडने पहुँच मार्ग भत्काउने क्रम जारी राखेको छ । मार्ग भत्कीएमा तटीय क्षेत्रका पूरै बस्ती जलमग्न भई क्षति हुने सम्भावना बढेको छ । रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top