सिंहदरवारका कर्मचारीलाई अझै सकिएको छैन दशैं

२ कात्तिक, काठमाडाैँ ।

नवनियुक्त मन्त्री तथा कर्मचारीहरु दशैँ मान्न जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ । दशैँ सकिएर सरकारी कार्यालयहरु खुले पनि सिंहदरवार आफ्नो लयमा फर्किन सकेको छैन । करिव दशैँ सकिन लाग्दा समेत सिंहदरवारमा मन्त्री तथा कर्मचारीहरुको उपस्थिती कम भएकोले सिंहदरबार सुनसान बनेको छ ।

प्रधानमन्त्री नियुक्त भएको करिव ३ महिना पुग्नै लाग्दा असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए। उसैपनि मन्त्रालयमा मन्त्री नहुँदा र मन्त्रीको अनुपस्थितीमा काम हुन नसक्दा मन्त्रीलाई भेट्न जाने राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड ३ महिना अघिदेखि नै शुन्यप्रायः थियो । असोज २२ गते मन्त्रिपरिषद् बिस्तार भएसँगै सिंहदरवारमा चहलपहल बढ्नुको सट्टा चहलपहल घट्दै गइरहेको थियो । किनकी दसैँ प्रारम्भ भइसकेको अवस्था थियो । मन्त्री नियुक्त हुनासाथ मन्त्रीहरु मन्त्रालय बाहिर नै दशैँको शुभकामना आदान प्रदानमा ब्यस्त देखिन्थे भने कतिपय मन्त्री त कार्यभार सम्हाले लगत्तै आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकोले पनि सिंहदरवारमा मन्त्री तथा कर्मचारीहरु त्यत्ति देखिन सकेका छैनन् । यसले सिंहदरवार सुनसान हुन पुगेको हो ।

मंगलवार पनि सिंहदरबारमा मानिसहरुको आवत् जावत् निकै कम देखिएको छ । बुधवार कोजाग्रत पूर्णिमादेखि दशैँ औपचारिक रुपमा सकिने भएपनि सरकारी कामकाज शुरु भइसक्दा पनि दशैँ विदामा गएका कर्मचारीहरु फर्किइसकेको अवस्था छैन भने मन्त्रीहरु पनि अझै शुभकामना आदान प्रदानमै दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भीडभाड घटेको हो । हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । यता पछिल्लो दुई दिनदेखि देशभर वर्षा हुँदा कतिपय जिल्लामा सडक बिग्रिएका कारण राजधानी फर्किनेहरु सहजै, समयमै राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन् । यसले पनि सिंहदरवार जानेहरुको संख्या घटाएको छ । दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ ।

बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्यून मात्रामा देखियो भने कतिपय मन्त्रालयमा मन्त्रीको समेत अनुपस्थित रहेको पाइयो । यसरी लामो समयपछि सिंहदरवारले सबै मन्त्री पाउँदा समेत सेवाग्राही र राजनीतिक दलका नेता, कार्यकर्ताहरु सिंहदरबार प्रवेश गर्न पाएका छैनन् भने मन्त्रालयहरुले मन्त्री पाएसँगै चाडवाड शुरु भएपछि महत्वपूर्ण कामहरु समेत गर्न सकिरहेको छैन ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top