गृहमन्त्रीको नेतृत्वमा ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता

३ कात्तिक, काठमाडाैँ ।

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा वार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा मङ्गलबार गृह मन्त्रालयमा वार्ता भएको हो ।

वार्तामा मुख्यगरी दुई विषयमा छलफल भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए । सचिव पाण्डेका अनुसार मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगति समेतका आधारमा ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

Advertisement

यसैगरी तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउने र बन्दीहरूलाई रिहा गर्न सकिन्छ भन्ने सम्बन्धमा त्यसको प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने गरी अर्को बैठक बस्ने निष्कर्ष निस्किएको उनले जानकारी दिए ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री खाँणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र गृह मन्त्रालयका कानुन सहसचिव कमल खत्री सहभागी रहेका थिए । नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

वार्तापछि नेकपाका प्रवक्ता प्रकाण्डले वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी दिए । “वार्ता सकारात्मक रूपमा अघि बढेको छ । यसअघि सरकार र पार्टीको वार्ता टोलीबीच भएको सहमतिलाई टुङ्ग्याउन सरकार र विषेश गरी गृहमन्त्रीले पहल कदमी लिइरहनुभएको छ, त्यो सराहनीय छ,” प्रवक्ता प्रकाण्डले भने ।

आन्तरिक रूपमा दुवै पक्षले सहमति गरेर अर्को बैठकमा टुङ्ग्याउने गरी वार्ता सम्पन्न भएको बताउँदै उनले दुवै पक्ष सकारात्मक भएकाले अर्को बैठकमा टुङ्गिने आशा व्यक्त गरे । गृहमन्त्री खाँणले आइतबार नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खाती र गृहसचिव पाण्डेसँग छलफल गरेका थिए ।

सरकार र सो पार्टीबीच २०७७ साल फागुन २० गते तीन बुँदे सहमति भएको थियो । वि.सं २०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालीन गृहमन्त्री रामबहादुर थापा र सदस्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता प्रकाण्ड र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दीपकले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

नेकपाका नेताहरूले वर्तमान सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री खाँणसहितलाई भेटेर अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरिरहेका छन् ।रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top