मेस्सी चम्कँदा लाइप्जिगमाथि पिएसजीको जित

३ कात्तिक, एजेन्सी ।

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको प्रभावशाली प्रदर्शनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा  आरबी लाइप्जिगलाई ३-२ ले पराजित गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत समूह ए को बुधबार भएकाे खेलमा पिएसजीका लागि मेस्सीले २ गोल गर्दै जितसम्म डोर्याएका थिए । युवा फरवार्ड किलीयन एमबाप्पेले पनि पिएसजीको जितमा गोल गरेका थिए । उनले खेलको नवौं मिनेटमा जुलियन ड्राक्सलरको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट फिनिस गरेका थिए । तर २८ औं मिनेटमा लाइप्जिगले गोल फर्कायो । एन्जेलिनोको क्रसमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा एन्जेलिनोकै क्रसमा नोर्दिक मुकिएलेले गोल गर्दै पाहुना टोलीलाई अघि बढाए । तर ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुन: बराबर गरे । एमबाप्पेको पासमा मेस्सीको प्रहार पोस्टमा लागेपनि मेस्सी आफैंले उक्त रिबाउन्डलाई गोललाइन अघिबाट गोल गरेका थिए ।

७४ औं मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पायो । एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेस्सीले पनेन्का (चिप) प्रहार गर्दै गोल गरेका थिए । पिएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्राप्त गर्यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बापपेलाई दिए । तर एमबाप्पेको पेनाल्टी प्रहार आकसिदा पिएसजीले अग्रता बढाउन सकेन ।

यस जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा कायम छ । टोलीको ३ खेलमा ७ अंक छ ।  आरबी लाइप्जिग भने ३ खेलमा अंकविहिन छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top