ओमानमाथि बंगलादेश विजयी, सुपर १२ को सम्भावना जीवितै

२ कात्तिक ७८, बुधबार

३ कात्तिक, एजेन्सी ।

 स्पिनर सकिब अल हसन र तीव्र गतिका बलर मुश्ताफिजुर रहमानको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले आइसिसी टि२० विश्वकप २०२१ मा घरेलु टोली ओमानलाई २६ रनले पराजित गरेको छ ।

समूह बी मा रहेको बंगलादेशले मंगलबार आफ्नो दोस्रो खेलमा ओमानलाई पराजित गर्दै सुपर १२ को सम्भावना जीवित राखेको छ । अल अमरेत क्रिकेट मैदानमा जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनायो । ओमानका ओपनर जतिन्दर सिंहले ३३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । कश्याप प्रजापतीले १८ बलमा १ चौका र २ छक्का सहित २१ रन बनाए ।

एक समय ओमानले राम्रो सुरुवात गर्नेक्रममा ११ ओभरमा ८०–२ को अवस्थामा रहँदै बंगलादेशलाई दबाबमा राखेको थियो । त्यसपछिका ब्याटर चल्न नसक्दा ओमान एक खेल अगावै सुपर १२ मा पुग्ने अवसर गुमाएको छ । जिशान मकसुद १२, अयान खान ९, कलिमुल्लाह ५, सन्दीप गौड र नसिम खुशी ४–४ रनमा आउट भए । मोहम्मद नदीम १२ बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे ।

बंगलादेशका तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । स्पिनर सकिब अल हसनले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद सैफद्दीन र माहेदी हसनले १-१ विकेट लिए ।

त्यसअघि  टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश निर्धारित २० ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । बंगलादेशका ओपनर मोहम्मद नईमले ५० बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६४ रनको योगदान दिए । सकिब अल हसनले २९ बलमा ६ चौका सहित ४२ रनमा रन आउट भए ।

कमजोर सुरुवात गरेको बंगलादेशलाई नईम र सकिबले तेस्रो विकेटका लागि १ सय रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । सकिब रन आउट भएसँगै बंगलादेशले लगातार विकेट गुमाएको थियो । बंगलादेशका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान मोहमुदूल्लाह रियाद १० बलमा १ चौका र १ छक्का सहित १७ रनमा आउट भए । लिटन दास ६, माहेदी हसन शून्य, नुरुल हसन ३ र मुश्फिकुर रहिम ६ रनमा आउट भए ।

ओमानका तीव्र गतिका बलर बिलाल खानले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । अर्का तीव्र गतिका बलर फैज बुटले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । कलिमुल्लाहले २ र जिशान मकसुदको नाममा १ विकेट रह्यो ।

पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

बंगलादेशले बिहीबार पपुवा न्युगिनीसँग खेल्नेछ । सुपर १२ मा पुग्न बंगलादेशले उक्त खेलमा फराकिलो जित निकाल्नुपर्ने हुन्छ । पराजित भएमा स्वत बाहिरिने छ । बंगलादेश फराकिलो जितले मात्र सुपर १२ मा पुग्ने छैन । अन्य टोलीको नतिजामा पनि भर पनुपर्ने हुन्छ ।

भर्खरको समाचार

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सम्बन्धित समाचार

Scroll to Top