बेमौसमी वर्षाले बेसिशहर –चामे सडक पुनः अवरुद्ध

२ कात्तिक ७८, बुधबार

लमजुङ: बेमौसमी वर्षाका कारण बेसिशहर चामे सडक पुन अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको निरन्तरको अविरल वर्षाले बेसीशहर चामे सडकको विभिन्न ठाउँमा पहिरो जाँदा बेँसीशहर–चामे सडक पुन अवरुद्ध भएको हो ।

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डको नासो गाउँपालिकाको खोत्रो, बगरछाप, निगालघारी र चामेको कोतोमा सडक पहिरोले अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताए । उनले भने ‘सोमबारदेखि बेसिशहर चामे सडक अवरुद्ध भएको छ । यस्तै तिमाङखोला र स्याल्कु खोलामा निर्माण गरिएको अस्थायी काठेपुल समेत बाढिका कारण भत्किएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत गर्न नसक्दा बीच बाटोमै रोकिएका छन्। असार १ को बाढिले अवरुद्ध बेशिसहर चामे सडक आइतबार ४ महिनापछी संचालनमा आएको थियो । आइतबार संचालनमा आए पनि पुन सोमबारदेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसगै दशै बिदा मनाउन तिलिचो र थोरङला पुगेका पर्यटक मौसम खराब भएसगै मनाङमै रोकिएका छन् ।

Advertisement

६५ किलोमिटरको बेंसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ.व. ०५१-०५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्रयाक खोलेको थियो । यो सडक सेनाले ०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरवृद्धि हुन सकेको छैन ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top