प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास

२ कात्तिक ७८, बुधबार

सरकारले अश्रुग्यास खरिद गर्न नदिँदा नेपाल प्रहरी १० वर्षअघिको म्याद गुज्रिएको प्रयोग गर्न बाध्य भएको छ। प्रहरीले रूपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अनधिकृत कब्जा गर्नेविरुद्ध १० वर्षअघि म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्न बाध्य भएको थियो।

‘हामीसँग अश्रुग्यास म्याद गुज्रेको मात्रै छ सरकारले खरिद गर्ने अनुमति नदिँदा बाध्य भएर १० वर्ष अघिकै अश्रुग्यास प्रयोग गरिएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। उनका अनुसार नेपाल प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास मात्रै छ। त्यसबाहेक अन्य सामग्री पनि प्रयाप्त छैन।

रूपन्देहीको मोतिपुरमा प्रहरीमाथि आक्रमण भएपछि भीड नियन्त्रणका लागि बाध्य भएर प्रहरीले प्रयोग गरेको अश्रुग्यास १० वर्ष अघि नै म्याद गुज्रेको थियो। त्यहाँ प्रयोग गरिएको अश्रुग्यास सन् २०१० मा म्याद सकिएको थियो। म्याद सकिएको अश्रुग्यास एक प्रकारको विष सरह मानिन्छ। त्यसको असरले मानिसको मृत्यु समेत हुनसक्छ।

Advertisement

अश्रुग्यास जतिवेला म्याद सकिन्छ त्यतिबेला नै नष्ट गर्नुपर्ने हुन्छ तर अहिलेसम्म नष्ट नगरी राख्नुमा नेपाल प्रहरीको बाध्यता भएको प्रहरी स्रोतको दाबी छ। ‘हामीसँग अन्य कुनै विकल्प छैन भिड नियन्त्रणका गर्नका लागि यही अश्रुग्यास प्रयोग गर्नुपर्ने हुन्छ, हरेक यूनिटमा अहिले म्याद गुज्रेको अश्रुग्यास छ,’ प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

प्रहरी स्रोतका अनुसार हरेक वर्ष सामान्य मात्रामा अश्रुग्यास किन्ने अनुमति भएपनि त्यो काठमाडौंकै भीडभाड नियन्त्रणमा सकिने भएकाले काठमाडौं बाहिर म्याद गुज्रेकै अश्रुग्यास प्रयोग गर्न थालिएको हो। सामान्यतया अश्रुग्यास प्रयोगबारे भीडमा धेरैको ध्यान नजाने भएकाले पनि प्रहरीले यस्तो कमजोरी पटक पटक दोहोर्याउन थालेको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले यो विषयमा आफू जानकार नभएको बताए। ‘मलाई जानकारी छैन भोली म बुझेर जानकारी दिनेछु,’ एसएसपी कुँवरले भने। नेपाल प्रहरीले २०७४ सालमा केही हजार थान अश्रुग्यास खरिद गरेको थियो तर सो अश्रुग्यास निर्वाचनमा भएका झडपमा प्रयोग गर्दा सकिएकाले अहिले पुरानै अश्रुग्यास प्रयोग भएको प्रहरी स्रोतले जनाएको छ।

नेपाल प्रहरीका एक अधिकृतका अनुसार अश्रुग्यासको आयू सामान्यतया ५ वर्षको हुनेछ। २०७४ सालमा खरिद गरेको अश्रुग्यास बाँकी रहेको भएपनि म्याद सकिने बेला भैसकेको छ। तर त्यतिबेला खरिद गरेको सबै अश्रुग्यास निर्वाचनको समयमा सकिएको थियो।, यो समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top