×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

सरकार आलोचना गर्न पनि लायक रहेन: केपी ओली

३ कार्तिक २०७८

३ कात्तिक, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् । सरकारको सय दिन पूरा भईरहँदा पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाएका हुन् ।

बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दावी समेत गरे । अध्यक्ष ओलीले भने, ‘अहिलेको सरकार एक खालको नायवीद्धार चर्लाइएको निमित्त नायकको सरकार हो । यो नायवीद्धारा चलिराखेको छ निमित्त नायकको सरकार । नायक नायक होइन ।, मैले भने अघि नै यो सरकार आलोचना गर्न पनि लायक रहेन क्या । टिप्पणी गर्न पनि लायक रहेन यो सरकार । जसको हातमा नायवी छ, पर्दा पछाडि छ के भन्नु ? जो अगाडि छ, विचारा, अर्काले चलाएको नायवीमा चलेको छ के भन्नु ? त्यो हालतमा छ । साँच्ची यो सरकार कसेले चलाएको छ भनेर कसैले भन्न सक्छ नेपालमा ? कसले चलाएको छ कसेले ? भित्रकाले चलाएको छन कि बाहिरकाले चलाएका छन कि ? पर्दा पछाडिकाले चलाएका छन कि, पर्दा अगाडिकाले ? यस्तो स्थितिमा छ ।’

Advertisement
Advertisement

अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताए । अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उनको दावी थियो । अध्यक्ष ओलीले काँग्रेस अगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भएपनि ऊसँग जनतामा जाने कुनै एजेन्डा नरहेको बताए । उनले भने, ‘देशलाई चाहिएको एउटै मात्रै कुरा छ–जम्माजम्मी एउटै मात्रै कुरा के हो भने एमालेको दिग्विजय । एमालेको विजय चाहिएको छ । अरु केही चाहिएको छैन । एमालेका विजय भएन भने केही पनि हुँदैन । अरुसँग केही छदै छैन । न गन्तव्य, न बाटो, न प्रतिवद्धता न संकल्प । अनि यसो च्याखे थापेर खालमा बस्छन नि, खालमा बसेकाहरुको बीचमा उनीहरुले चाँही खेलछन मोटामोटी । अनि च्याखेले सानोतिनो रकम छ्यास्स यतापटटी, यटापट्टी भनेर हाल्छन । च्याखे हालेर उसले जित्यो भनेदेखि गयो भने सुका मोहर गयो, आयो भने सुका, मोहर गर्दै अलिअलि आयो । यो खालका च्याखेहरुको हारजित पनि खास हुने होईन । तर खिचिखिची चाँही रहिरहन्छ । यस चुनावबाट हामीले च्याखेहरुलाई पनि आउन गरिदिनु पर्छ । यी च्याखे रहे भने फेरी गठबन्धन भन्यो एउटा ग¥यो लडाई नेकपा एमाले र काँग्रेसका बीचमा छ । बैचारिक, सांगठानिक सबै हिसाबको लडाई हाम्रो बीचमा छ । अनि कसैलाई भयो जस्तो भएन भने पार्टी फोड्यो अनि एउटा पुच्छर समात्यो अनि च्याँखे थाप्यो । यो च्याँखेहरुलाई चाँही अन्त्य गर्नु पर्छ । र हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेससँग हो । नेपाली काँग्रेससँग जनताको बीचमा जाँदाखेरी के देखाउने ? के गरे भन्ने ? अहिलेसम्म काँग्रेसले के ग¥यो भन्ने ? अव के गर्छु भन्ने ?’

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने चेतावनी समेत दिए । उनले अदालतले जनताबाट विश्वास गुमाईसकेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गरे । अध्यक्ष ओलीले भने, ‘हामीलाई चिन्ता छ । अहिले हेर्नुस्त अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र ? जनताले केही भएन भने पनि अदालतमा न्याय पाउछु भन्ने विश्वास गर्नुपर्ने होईन ? हेर्नुस्त महाअभियोग पनि लाग्न सक्छ भनेका छन । जनस्तरबाट राजीनामा गर भनेका छन । के–के आरोप छ, तपाईहामी जम्मै सुनि राखेका छौं । यस्ता निकायहरु, जसप्रति जनविश्वास असाधारण ढंगले अन्त केही भएन भने पनि अदालतप्रति जनविश्वास लोकतन्त्रको साह्ै महत्वपूर्ण कुरा के हो भने अदालतप्रतिको जनविश्वास । त्यो त आज धराशायी भएको छ । मैले अघि अगाडि नै भने–हामी मुद्धा जित्छौं, हार्छाै भन्ने होईन । कसले हामीले एक महिना अघि निकालेको मान्छे सदर भन्दै पार्टी दर्ता गर्न पायो, पाएन भन्ने होईन, यी सबै अस्थायी कुराहरु हुन । पार्टी दर्ता हुँदैमा के हुन्छ र ? दर्ता भए त्यहीँ चुनावसम्म घस्रिएर जाने होइन ? चुनावमा जनताले यस्तो पार्टी त दर्ता गर्दैन त । निर्वाचनमा आयोगमा दर्ता गरिएका यस्ता पार्टीलाई चुनावमा जनताले बदर गरिदिन्छ । सार्वभौम जनता त त्यहाँ बाकि छ त ? यी ठूला कुरा होइनन् तर न्यायिक निकायहरुको, अर्धन्यायिक निकायहरुको, निर्णय गर्ने संस्थाहरुको मर्यादामा लोकतन्त्र अडेको हुन्छ । संविधान, संविधानको कार्यान्वयनमा, कानुन कानुनको कार्यान्वयनमा, कानुनको राज छ भन्ने विश्वासका आधारमा लोकतन्त्र जिवित हुने गर्दछ । जनताप्रति सरकार इमान्दार छ भन्ने कुरामा जनता विश्वस्त हुनुपर्दछ । देशप्रति सरकार ईमान्दार छ भन्ने कुरा विश्वस्त हुुनुपर्छ । तर त्यो स्थिति छैन ।’

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top