मुख्य प्रशिक्षक अलमुताइरी नेपाल फर्कन सकारात्मक

३ कात्तिक, काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी फेरी नेपाल फर्कन सकारात्मक देखिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाल छलफल गरेपछि अलमुताइरी प्रशिक्षकका रुपमा नेपाल फर्कन सकारात्मक भएका हुन्।

अध्यक्ष शेर्पा र अलमुताइरीबीच बुधबार कतारमा छलफल भएको थियो। शेर्पाले सामाजिक सञ्जालमा अलमुताइरीसँग छलफल भएको भन्दै तस्बिर समेत सार्वजनिक गरेका छन्। छलफलपछि उनी नेपाल फर्कन सकारात्मक देखिएको अध्यक्ष शेर्पाले जानकारी दिए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल ।’

प्रशिक्षक अल्मुताइरीले बुधबार मात्र फिफाले आयोजना गरेको फ्युचर अफ फुटबल भिडियो कन्फरेन्समा नेपालकै प्रतिनिधित्व गरेका छन् । उक्त भिडियो कन्फरेन्समा पुरुष राष्ट्रिय टिमका प्रशिक्षकहरु सहभागी थिए ।

यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल नै नेपालको प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको घोषणा गरेका थिए । यद्यपी साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल भने खेलाउन पाएनन्।

२८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपाल उपविजेतामै सीमित बनेको थियो। फाइनलमा नेपाललाई भारतले ३–० ले पराजित गरेको थियो। फाइनलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए। यद्यपी उनी अहिले कतारमै रहेको एन्फा अध्यक्ष शेर्पाले बताए।

फाइनलपछि उनले नेपाल आफ्नो मुटुमा रहेको र कसैले हटाउन नसक्ने प्रतिक्रिया दिए । उनले एक अन्तर्वार्तामा दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए।

अलमुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। त्यहिबेला एन्फाले उनीसँग एक वर्षको सम्झौता भएको बताएको थियो। तर अलुमाइरीले नेपालसँगको सम्झौता यही महिना सकिने भन्दै सार्वजनिक अभिव्यक्त दिएका थिए।

अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले नेपालमा प्रशिक्षक गर्न गत वर्ष पठाएको थियो। नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अलमुताइरीलाई तलब र सुविधा दिने गरेको छ

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top