विराटनगर विमानस्थल जलमग्न, कहिले हुन्छ उडान ?

३ कात्तिक, विराटनगर ।
लगातार तीन दिनदेखिको वर्षासँगै केसलिया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पस्दा विमानस्थल क्षेत्र जलमग्न भएको छ । मंगलबार राती पसेको बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटर लगायत सबै ठाउँमा ४ फिटसम्म पानी जमेको विमानस्थलले जनाएको छ । विमानस्थल गेटबाट पसेको बाढीले विमानस्थलको सबै क्षेत्र जलमग्न हुँदा टर्मिनल भवनसम्म सवारी साधन समेत जानसक्ने अवस्था छैन । विमानस्थलमा पानी जमेपछि यहाँबाट हुने उडान प्रभावित भएका छन् । विराटनगर विमानस्थलका कार्यालय प्रमुख उत्सवराज खरेलका अनुसार बिहीबार बेलुका ५ बजेसम्मका सबै उडान बन्द गरिएको छ ।

विमानस्थलको पानीको निकास नभएसम्म उडान हुने अवस्था छैन ।जम्मा भएको पानी विमानस्थल पश्चिमको वस्ता नहरबाट निकास हुने भएपनि अहिले त्यही नहरबाट नै पानी पसिरहेकोले तत्काल निकास हुने सम्भावना छैन । पानीको निकासका लागि ठाउँठाउँमा थुनिएको सो वस्ता नहर सफा गर्न महानगरपालिकासँग समन्वय भईरहेको खरेलले बताए । अब पानी नपरेको खण्डमा जमेको पानी निकास भएपश्चात विमानस्थल सफा गरेर ३ दिनभित्रमा सञ्चालन ल्याउन सकिने उनको भनाई छ ।

विमानस्थल बन्द भएपछि विराटनगरबाट काठमाडौँ जाने यात्रुहरु अलपत्र परेका छन् । उडान बन्द भएको जानकारी नहुँदा यात्रुहरु एयरपोर्ट आएर फर्किन बाध्य छन् । यता, बुद्ध र यती एअरले भने सूचना जारी गर्दै काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्द गरेको जानकारी दिएका छन् । मंगलबार विराटनगर आएका श्री एयरलाइन्स र बुद्ध एयरको दुई वटा विमान विमानस्थलको पार्किङ एरियामा नै रोकिएका छन् । दुई दिनदेखि परेको पानी र केशलियालगायत खोलाको भेल बस्ती पस्दा विराटनगर महानगरपालिका भित्रका सबै वडा प्रभावित बनाएको छ । यसअघि तीन वर्ष पहिला पनि केशलियाको हिलोसहितको बाढी विराटनगर विमानस्थलमा पस्दा एक सातासम्म विमान सेवा बन्द भएको थियो ।

 

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top