राष्ट्रपति भण्डारीद्वारा भक्तपुरस्थित नवदुर्गाको दर्शन

३ कात्तिक ७८, बिहीबार

३ कात्तिक, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुर स्थित नवदुर्गाकोे दर्शन गरेकी छन् । दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखहरुले पूजा अर्चना एवं दर्शन गरेर विजयादशमीलाई विदाई गरिने परम्परालाई निरन्तरता दिदै राष्ट्रपति भण्डारीले भक्तपुरमा नवदुर्गाको दर्शन गरेकी हुन् ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले मंगलबार साँझ ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरि प्रसाद ग्रहण गरिन् । उक्त अवसरमा नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको टीका प्रसाद प्रदान गरेका थिए । यस्तै नवदुर्गा गणका नाईके विजेश वनमालाले राष्ट्रपतिलाई नवदुर्गाको फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो दिए । नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको प्रसादको रुपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो दिने पुरानो चलन हो ।

नवदुर्गा गणको जात्राका लागि समस्या भएको वनमालाहरुले राष्ट्रपतिलाई जानकारी गराएका थिए । उनीहरुले अघिल्लो वर्ष राष्ट्रपतिको नै उपस्थितिमा भएको नवदुर्गा गणको जात्राको खर्च बापत पाउनु पर्ने सहयोग हाल सम्म नपाएको पुजारी बालकृष्ण बनमालाले जानकारी गराएका थिए ।

नवदुर्गाको मुकुटसहितको मुकुन्डोको दर्शन र पूजा गर्दा राष्ट्रप्रमुखले प्रत्येक मुकुन्डोमा दक्षिणा चढाउने परम्परा छ । यसरी चढाइने दक्षिणाको हकदार पुजारी हुने व्यवस्था छ । नवदुर्गा गणमा अष्टमातृका, महादेव, भैरव, गणेश, सिम्ह र दुम्ह गरी १३ वटा देवताका छुट्टाछुट्टै मुकुन्डो हुन्छन् । राष्ट्रपति भण्डारीले नवदुर्गा पुजा सँगै देवगणलाई प्रतिव्यक्ति एक हजार पाँच रुपैयाँ खामबन्दी दक्षिणा चढाएकी छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top