आज प्रतितोला ३०० ले बढ्यो सुनको मूल्य

३ कात्तिक ७८, बिहीबार

४ कात्तिक, काठमाडौँ ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ ।

छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

Advertisement

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९१ हजार २०० मा कारोबार हुनेछ। बुधबार प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला रु २५ ले बढेर आज रु एक हजार २६० पुगेको छ। चाँदी बुधबार प्रतितोला रु एक हजार २३५ मा कारोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top