Nepal Times
Nepal Times
3
Shares

राष्ट्र बैंककाे निर्देशनपछि बैंकहरूले गरे ब्याजदरमा संशोधन

राष्ट्र बैंककाे निर्देशनपछि बैंकहरूले गरे ब्याजदरमा संशोधन

४ कात्तिक, काठमाडौँ ।

नेपाल राष्ट्र बैङ्कको निर्देशनपछि बैङ्कहरूले ब्याजदरमा संशोधन गरेका छन् ।

दशैंलगत्तै बैङ्कहरूले जथाभाबी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैङ्कले कडाइ गर्दै अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र ब्याजदर बढाउन निर्देशन दिएपछि बैङ्कहरूले ब्याजदरमा संशोधन गरेका हुन् ।

संशोधन पश्चात् अधिकांश बैङ्कहरूले अधिकतम ब्याजदर ९ दशमलव ३६ प्रतिशत कायम गरेका छन् । मुद्दती निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशत ब्याज दिने घोषणा गरेको हिमालयन बैङ्कले ब्याजदर संशोधन गरी ९ दशमलव ३६ प्रतिशतमा झारेको छ ।

नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार बैङ्कहरूले कात्तिक ३ गते नै आफ्नो वेबसाइटमा संशोधित ब्याजदर समेत प्रकाशित गरेका छन् । राष्ट्र बैङ्कको निर्देशनपछि यसअघि सार्वजनिक भएको अधिकतममा ११ दशमलव ६७ प्रतिशतसम्मको ब्याजदर संशोधितपछि अधिकतम ब्याजदर ९ दशमलव ४१ प्रतिशत कायम भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.