काठमाडौँमा शनिबारबाट मेयर कप भेट्रान्स फुटबल हुने

४ कात्तिक ७८, शुक्रबार

४ कात्तिक, काठमाडाैँ ।

शनिबारबाट आयोजना हुने मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । फुटबलर्स मिसन टुगेदरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

कात्तिक ६ देखि १६ गतेसम्म हुने प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गर्दैछन् । लिगकम नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा सहभागि भएका २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताका लागि एक टोलीमा २० खेलाडी राख्न पाइने छ । जसमा ३५ देखी ४० वर्ष उमेर सम्मका तीन खेलाडी हुनेछन । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ । खेलको समय अवधि ६० मिनेट (एक हाफ ३० मिनेट) को हुने आयोजकले पत्रकार सम्मेलेनमा जानकारी दियो । खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top