सिके राउतका ६२ जना कार्यकर्ता पक्राउ

४ कात्तिक, धनुषा ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

भ्रष्टाचार गरेको भन्दै विहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश्वर कुशवाहामाथि अमानवीय व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

कुशवाहामाथि अमानवीय व्यवहार गरेको आरोपमा जनमत पार्टीका ६२ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि बिहीबार मध्यान्न कार्यालयमा भाटासहित पुगेका जनमत पार्टीका दर्जनौं नेताकार्यकर्ताले कुशवाहालाई उनकै कार्यकक्षबाट बाहिर निकालेर कुटपिट गर्दै नालामा रहेको हिलो दलेर बजार घुमाएका थिए।

कुशवाहालाई कार्यालयबाट नियन्त्रणमा लिइ अर्धनग्न बनाएर बजार घुमाउने क्रममा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो। त्यसपछि पक्राउ परेकालाई  रिहाईको माग गर्दै पार्टीका अन्य नेता कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका थिए। त्यही क्रममा थप ५२ जनालाई पक्राउ गरिएको डीएसपी बस्नेतले जनाए।

यसैबीच पार्टी अध्यक्ष डा. सिके राउतको सचिवालयले समाजिक सञ्जाल फेसबुकमार्फत भोलि शुक्रबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने जनाएको छ । पक्राउ परेका कार्यकर्ताहरूलाई यथाशिघ्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जनमत पार्टीले फेसबुकमा लेखेको छ, ‘भोलि धनुषाको प्रहरी कार्यालय घेराउ हुने, गाउँ गाउँबाट उठौं घर घरबाट उठौं यो आन्दोलनलाई महिनौसम्म वारपार गरी जारी रहनेछ सबै जिल्ला तयार रहौं । पक्राउ परेका कार्यकर्ताहरूलाई यथाशिघ्र रिहा नगरे आन्दोलनको पुर्ण स्वरूप तिर जाने नेपाल पुलिस हेल्लो सरकार गृहमन्त्रालय ।’

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top