किराँती प्रथम राजा यलम्बरको पूर्णकदको शालिक निर्माण सुरु

४ कात्तिक ७८, शुक्रबार

५ कात्तिक, खोटाङ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराँती राजा यलम्बरको पूर्णकदको प्रतिमा (शालिक)सहितको पार्क (उद्यान) निर्माणको काम सुरु गरिएको छ ।

तीस रोपनीभन्दा बढी सरकारी जग्गामा १०० फिट अग्लो किराँती प्रथम राजा यलम्बरको पूर्णकदको शालिक राख्ने गरी व्यवस्थित तथा आधुनिक पार्क निर्माण गर्न लागिएको हो ।

माझ किराँत भनेर चिनिने बुइपामा निर्माण थालिएको शालिकसहितको पार्क बुधबार नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले किराँती परम्पराअनुसार शिलान्यास गरे। प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहने उक्त यलम्बर पार्क निर्माणका लागि करिब रु १४ करोड लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । गत वर्ष नगरपालिकाले रु ७२ लाख उपलब्ध गराए पछि पार्क निर्माणको निर्माण सुरु गरिएको थियो ।

उक्त पार्क रु १० करोडको १० लाखमा निर्माण गर्ने गरी उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का पाएको थियो । अठार महिनाभित्र पार्क निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा आवश्यक निर्माण सामग्री तथा दक्ष जनशक्ति झिकाएर निर्माणको काम थालिएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक सुनिल राईले बताए ।

किराँत समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा शालिकसहितको पार्क निर्माण सुरु गरिएको नगरप्रमुख रिजालले बताए। “यलम्बर पार्क निर्माण गर्ने योजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो”, उनले भने, “बुइपामा निर्माणाधीन यलम्बर पार्कले नगरपालिकाको मात्र नभई प्रदेश नं १ कै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिइने गरी निर्माण सुरु गरिएको पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाइ सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले बताए। “यलम्बर पार्कमा अन्य ठाउँमा निर्माण गरिएका आधुनिक पार्कमा हुने सबै सुविधा हुनेछ”, उहाँले भन्नुभयो, “चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल शालिक राख्ने तयारी गरेका छौँ, त्यो धलौटको हुनेछ ।”

गत वर्ष नगरपालिकाबाट विनियोजन भएको बजेटबाट प्रवेशद्धार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ र रेष्टुरेन्ट तथा पसल घर निमाण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताए । किराँती ऐतिहासिकस्थल बुइपामा बन्ने यलम्बरको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने जिकिर गरिएको छ ।

आफ्नो क्षेत्रमा किराँती समुदायका पहिलो राजा यलम्बरको शालिकसहितको पार्क निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित छन् । विश्वकै अग्लो र ठूलो शालिकसहितको पार्क निर्माण सुरु भएपछि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीले बताएका छन् । चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण सुरु गरिएको यलम्बरको शालिकसहितको पार्कको आम्दानी ६० प्रतिशत नगरपालिकामा र ४० प्रतिशत प्रदेश नं १ मा जम्मा हुने निर्माण उपभोक्ता समितिले जनाएको छ । निर्माणाधीन पार्कलाई नगरपालिकाले गौरवको आयोजनाअन्तर्गत लिएको छ ।

सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने बुइपामा निर्माणाधीन पार्क पर्यटकलाई आवतजावत गर्न समेत सहज हुने जनाइएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको पार्कमा हलेसी आउने पर्यटकलाई समेत आकर्षण गर्न सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

यलम्बर पार्कदेखि किराँती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्ग निर्माण गरिने योजना छ । नेपाल सरकारले निर्धारण गरेको १०० पदमार्गमध्ये ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले यस पार्कलाई महत्व दिइएको छ । रासस

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top