सीके राउतका कार्यकर्ता अझै उच्छृंखल गतिविधिमा

४ कात्तिक ७८, शुक्रबार

धनुषा: डेढ वर्षअघि ‘पृथकतावादी’ गतिविधि त्यागेर राजनीतिको मूल प्रवाहमा आएको घोषणा गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका छन् ।

जनकपुर–८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै उनीहरूले कुशवाहालाई दुर्व्यवहार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार लाठी–भाटा बोकेका राउत समर्थक करिब २ सय कार्यकर्ताले कुशवाहालाई उनकै कार्यकक्षबाट लगेका थिए । कुशवाहालाई दुर्व्यवहार गर्दै उनीहरूले करिब १ घण्टा जनकपुर घुमाए । कुशवाहाले लगाएको टिसर्ट समेत च्यातेर उनीहरूले जीउभरि हिलो पोतिदिएका थिए ।

कुशवाहा बिहीबार समयमै कार्यालय पुगेका थिए । उनी सहकर्मीसित छलफल गरिरहेकै बेला चर्को नाराबाजी गर्दै राउत समर्थक पिराडी चोकस्थित खानेपानी कार्यालयमा पुगे । कार्यालय परिसरमा रहेका गाडीमा भाटा बजार्दै कार्यालय प्रवेश गरेका उनीहरूले कम्प्युटर, टेबल, फोटोकपी मेसिन, पंखालगायत समान तोडफोड गरे ।

‘अचानक ठूलो भीड आउँदा हामी आत्तियौं,’ कार्यालयमा एक कर्मचारीले भने, ‘कार्यालय प्रमुखज्यूले प्रहरीलाई फोन गर्न थाल्नुभयो । उनीहरू उहाँकै कार्यकक्षमा पुगेर लछारपछार गरे । पछि सँगै लिएर गए ।’

राउत समर्थकले कुशवाहालाई जनकपुर घुमाइरहँदा सुरुमा प्रहरी मूकदर्शक बनेको थियो । पछि ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि कुशवाहालाई उनीहरूको ‘कब्जा’ बाट छुटाउन सकेनन् । धनुषा प्रहरीका अनुसार कुशवाहालाई छुटाउने क्रममा राउत समर्थकले प्रहार गरेको भाटा लागेर प्रहरी निरीक्षक विजय यादव घाइते भएका छन् । सञ्चारकर्मी पुगेपछि केही नरम देखिएका राउत समर्थकले कुशवाहामाथि दुर्व्यवहार गर्न भने रोकेनन् ।

‘मलाई गोली ठोके पनि केही बोल्दिनँ,’ सञ्चारकर्मी माझ बोल्न राउत समर्थकले दबाब दिएपछि कुशवाहाले रुँदै यतिमात्रै बोले । झण्डै १ घण्टापछि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय नजिकबाट प्रहरीले कुशवाहालाई छुटाएर उपमहानगरको कार्यालयमा लगेका थिए । धनुषा प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले दुर्व्यवहार गर्ने १० जना राउत समर्थकलाई पक्राउ गरिएको जानकारी दिए ।

‘बलवा एरियामा खनिएको ढलको खाल्डो नपुरेपछि ढल व्यवस्थापन कार्यालयमा तोडफोड गरिएको हो,’ धनुषा प्रहरीको बुलेटिनमा भनिएको छ, ‘त्यो एरियामा राउतको पनि बसोबास छ ।’

प्रहरीका अनुसार राउत समर्थकले खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको परिसरमा रहेका २ मोटरसाइकल, ३ कम्प्युटर, झ्यालका सिसा, फोटोकपी मेसिन, पंखा, वाटर फिल्टर र गमला तोडफोड गरेका छन् । जनमत पार्टीले जनकपुर सहरलाई व्यवस्थित, ढल निकासको उचित प्रबन्ध, फोहोर व्यवस्थापनलगायत माग गर्दै साताअघि खानेपानी तथा ढल निकास कार्यालय, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलगायत सरकारी निकायमा ज्ञापनपत्र बुझाएको थियो ।

यसैबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले कुशवाहामाथि दुर्व्यवहार गर्नेविरुद्ध अनुसन्धानपछि मुद्दा चलाइने बताएका छन् । दोषीविरुद्ध अभद्र व्यवहार र सार्वजनिक शान्तिविरुद्धको कसुरमध्ये प्रमाणित हुने मुद्दा चलाइने उनको भनाइ छ ।

‘यो लेभलको अमानवीय व्यवहार गरेकालाई त्यत्तिकै छोड्न मिल्दैन । अभद्र व्यवहारमा १ वर्ष कैद वा १० हजारसम्म जरिवाना र शान्तिविरुद्धको कसुरमा १ वर्ष कैदसँगै क्षतिपूर्ति समेत भराउनुपर्ने हुन्छ,’ उनले भने । जनमत पार्टीका अध्यक्ष राउतले भने जनताले आजित भएर कारबाही गरेको जिकिर गरेका छन् ।

‘खाल्डो पुर्न बलवा टोलका ६४ परिवारले मिलेर पटक पटक ज्ञापनपत्र बुझाएका थिए । कार्यालय, ठेकेदार कसैले सुनेनन्,’ उनले भने, ‘एम्बुलेन्स पास हुने अवस्था पनि छैन । असार पहिलो सातामै खाल्डो खनेकाले बच्चाहरू स्कुल जाने अवस्था छैन ।’ ,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top