कंगोमा नेपाली सेनाले गर्याे विद्यालय पुन:निर्माण

४ कात्तिक ७८, शुक्रबार

५ कात्तिक, काठमाडौं।

Advertisement

द्वन्द्वग्रस्त मुलुक कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले त्यहाँको एक विद्यालय पुनः निर्माण गरेकाे छ। शान्ति स्थापनार्थ तैनाथ रणशेर गणले एटोङगो इलामाका रहेको विद्यालयको पुनःनिर्माण गरेको हो।

नेपाली सेनाले विद्यालय पुर्ननिमार्ण गरी स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको छ । कार्तिक १ गते कंगोमा आयोजित कार्यक्रममा नेपाली सेनाले सो विद्यालय हस्तान्तरण गरेको नेपाली सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

विद्यालय हस्तान्तरण कार्यक्रममा त्यहाँस्थित शिक्षा मन्त्रालयका अधिकारी, मेयर, युनिसेफका प्रतिनिधिलगायतको उपस्थित थियो।  कार्यक्रममा सम्बोधन गर्दै स्थानीय मेयरले विद्यालय पुर्ननिर्माणबाट विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा ठूलो टेवा पुग्ने बताएका थिए। उनले शान्ति सैनिकले गर्दै आएको जनहीतको कामबाट कंगोका स्थानीय जनता र सैनिकबीच विश्वासको वातावरण बढ्ने बताएका थिए।

Advertisement

सो अवसरमा नेपाली शान्ति सैनिकको युनिटले कोरोना रोकथामका लागि अत्यावश्यक सामग्रीहरु उपलब्ध गराएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top