चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ : बाइडेन

४ कात्तिक ७८, शुक्रबार

५ कात्तिक, एजेन्सी ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षा गर्ने बताएका छन् । एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बाइडेनले यस्ताे बताएका हुन् । अमेरिकाले ताइवानको रक्षा गर्छ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै बाइडेनले भने, ‘अवश्य पनि उक्त कार्य गर्ने हाम्रो प्रतिबद्धता हो ।’

बाइडेनको पछिल्लो अभिव्यक्ति अमेरिकाले लामो समयदेखि लिँदै आएको नीतिसँग मेल खाँदैन । तर उनको अभिव्यक्तिलाई अमेरिकी नीतिमा आएको परिवर्तनको रुपमा बुझ्न नहुने ह्वाइट हाउसका एक प्रवक्ताले प्रस्ट पारेका छन् ।

Advertisement

त्यस्तै, बाइडेनले चीनसँग जानीजानी हुने द्धन्द्धबाट आफू चिन्तित नहुने समेत बताएका छन् । अमेरिका विश्व इतिहासमै सबैभन्दा शक्तिशाली सैन्य शक्ति हो भन्ने सबैलाई थाहा भएको र चीन थप शक्तिशाली हुने कुराबाट चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।

ताइवानको सुरक्षासम्बन्धी पेचिलो मुद्दामा अमेरिकाले लामो समयदेखि ‘रणनीतिक अस्पष्टता’को नीति लिँदै आएको छ । यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकी कदम कस्तो हुन्छ भन्ने स्पष्ट नीति नै छैन । अमेरिकाले ताइवानलाई विभिन्न प्रकारका प्रतिरक्षात्मक हतियार भने उपलब्ध गराउँदै आएको छ ।

Advertisement

चीनले ताइवानलाई आफूबाट छुट्टिएको एक प्रान्त ठान्छ र आवश्यक परे बलपूर्वक आफूमा गाभ्न सक्ने बताउँदै आएको छ । तर ताइवानले भने आफू स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै आएको छ ।

ताइवानसँग अमेरिकाको औपचारिक कुटनीतिक सम्बन्ध छैन । यद्यपि, ताइवान सम्बन्ध ऐनअन्तर्गत अमेरिकाले ताइवानको सुरक्षा गर्ने उल्लेख छ र सोही प्रावधानबमोजिम हतियार बिक्री गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top