×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हुल बाँधेर आउने हात्तीले धान सखाप

५ कार्तिक २०७८

५ कात्तिक, झापा।

झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट आउने जङ्गली हात्तीका कारण हैरान छन्। बेलुका छ बज्न नपाउँदै हात्तीको बथान मेची नदी तरेर नेपाल प्रवेश गर्ने र किसानको पाक्न लागेको धान बालीमा रात बिताउने गर्छ ।

Advertisement
Advertisement

हरियो हुन थालेदेखि रातभर गोठालो लागेर धान जोगाएका किसानले पाकेपछि जोगाउन नसकेको बताए। मेचीनगर–४ मिलन चोकमा १५० बिघा धान हात्तीले खाइदिएर सखाप पारेपछि किसान अब के खाने भनेर चिन्तामा परेको स्थानीय शङ्कर लुइँटेलले बताए। उनका अनुसार ५० किसानले लगाएको थान दुईदिनमा हात्तीले खाइदिएको हो ।

“एकातिर भर्खरै आएको बेमौसमी पानीले आधाजसो धान ढालेर खत्तम बनाइदिएको थियो”, स्थानीय किसान सन्देश पौडेलले भने, “बाँकी रहेको पनि राति नै हात्तीले सबै खाइदियो।” उनले दैनिक ५० देखि ६० वटा हात्ती हुल बाँधेर आउने गरेका बताए। धेरैको सङ्ख्यामा आउने हात्तीलाई लेखेट्नसमेत समस्या भइरहेको पीडितले बताए ।

Advertisement

स्थानीय सरकार, डिभिजन वन कार्यालय झापा र प्रहरीसँग समेत बाँकी रहेको पाँकेको धान जोगाइदिनका लागि सहयोग गरिदिन आग्रह गरेका छन्। बाहुनडाँगीमा दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीले दुःख दिइरहेको छ भने बुद्धशान्ति, अर्जुनधारा, दुहावढी, चन्द्रगढीलगायत क्षेत्रमा रैथाने हात्तीले पाकेको धान खाएर दुःख दिइरहेको किसानको गुनासो छ । रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top