मंसिर २१ देखि नेपालमा पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

४ कात्तिक ७८, शुक्रबार

५ कात्तिक, काठमाडाैँ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो ।

‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मुल नारा तय गरी हुन लागेको सम्मेलनमा नीजि आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जिविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु गरीने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको सम्बन्धमा नेपालले प्राप्त गरेका अनुभव र सिकाइहरु अन्तर्राष्ट्रिय समुदायलाई बाढ्ने र आगामी दिनमा नेपाललार्य विपतबाट बचाउनकालागि नेपालको मार्गचित्र के हो भन्ने विषय प्रस्तुत गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए । उनले भने – ‘हामीले दुईवटा मुल उद्देश्य राखेर यो सम्मेलन गर्दैछौँ । एउटा, हामीले प्राप्त गरेका अनुभव र सिकाइहरु अन्तर्राष्ट्रिय समुदायलाई बाढ्ने । सिकाइहरु साटासाट गर्ने । त्यसका साथै हामीले प्राप्त गरेका अनुभवहरु हाम्रो भावि पुस्ताका निम्ति डकुमेन्टेशन गरेर छाड्ने, जसले गर्दा भोलिका दिनमा यस्ता खालका विपद् आउँदाखेरी कसरी काम गर्दाखेरी उपयुक्त हुन सक्दोरहेछ । कहाँ कमजोरी भयो ?, कहाँ राम्रो गर्न सक्यौँ ? के कुरामा सुधार गर्नुपर्ने होला ?, यी सबै कुराहरुको बारेमा बताउन सकौँ । अर्को, भोलिका दिनमा नेपाललाई सबै प्रकारका विपद्हरुबाट सुरक्षितमुलक कसरी बनाउने ? त्यसको निम्ति हाम्रो रोडम्याप के हुनसक्छ ? हाम्रो मार्गचित्र के हो ? हाम्रो कार्यक्रम के हो ? यसको बारेमा पनि हामीले त्यो कार्यक्रममा प्रस्तुत गर्ने ।’

प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकलाई अनलाइनमार्फत् रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ भने सम्मेलनलाई लक्षित गरी  icnr.nra.gov.np नामको वेवसाइट पनि सार्वजनिक गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top