आमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा

५ कात्तिक ७८, शनिबार

तनहुँ: तनहुँमा चार वर्षको अवधिमा ११ जना बालबालिका चितुवाको आहारा बनेका छन् । २५ असोजमा बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्जयाङकी ९ वर्षीया बालिका स्वीकृति थापाको नरभक्षी चितुवाको आक्रमणमा परी मृत्यु भयो ।

साँझपख पसलबाट मासु लिएर घर फर्कंदै गरेकी उनलाई बाटैमा चितुवाले झम्टिएर जंगलमा फ्याँक्दियो । चितुवाले आक्रमण गरेको स्थानबाट तीन सय मिटर पर जंगलमा बालिकाको शव गाउँलेले फेला पारे ।

उक्त दिन गाउँमा चितुवाले बाख्रालाई आक्रमण गरेको थियो । बाख्राको रगत पूरा पिउन नपाउदैँ लेखेटिएको झोकमा चितुवाले मासु लिएर आएकी बालिकालाई आक्रमण गरेको स्थानीय भीमबहादुर मगरले बताए ।

मगरका अनुसार गएको सोमबार पनि गाउँबाट चितुवाले बाख्रा आक्रमण गरी जंगलतिर लगेको थियो । मान्छेलाई नै आक्रमण गर्ने पो हो कि भन्ने डरले बाख्रा खोज्न गाउँले जंगल पस्न सकेनन् । बारम्बार चितुवा गाउँ बस्न थालेपछि गाउँले त्रासमा रहेका उनले बताए । लोहीआरे खेत्रके सामुदायिक वन गाउँसँगै जोडिएको छ ।

सामुदायिक वनका अध्यक्षसमेत रहेका मगरका अनुसार दिनादिनु वन घना हुँदै छ । वस्ती घट्दैछ । उनी भन्छन्, ‘गाउँमा चितुवा बारम्बार आइरहन्छ । बाख्रालाई आक्रमण गरिरहन्छ । कहिलेकाहीँ मान्छेलाई पनि झम्टिन्थ्यो । २५ गते त मान्छे नै मार्‍यो ।’

चितुवाले मान्छेलाई आक्रमण गरेर मारेपछि गाउँलेले असुरक्षित महसुस गरेको उनले बताए । तनहुँमा चितुवाको आक्रमणमा परी हालसम्म ११ जना बालबालिकाको मृत्यु भएको छ । १ फागुन २०७४ मा पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय बालक विशाल श्रेष्ठलाई चितुवाले सिकार बनायो ।

त्यसपछि चितुवाले श्रृखंलाबद्ध बालबालिकालाई आक्रमण गरिरहेको छ । झण्डै चार वर्षसम्म पनि चितुवाको आक्रमण रोकिएको छैन । ज्यान गुमाएका सबै डेढ वर्षदेखि १२ वर्षसम्मका बालबालिका हुन् । यो अवधिमा १२ जना चितुवाको आक्रमणमा परी घाइते भएका छन् । घाइते एकाध मात्रै वयस्क हुन्, अधिकांश घाइते बालबालिका नै छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top