बाढीपहिरो पीडितलाई तत्काल राहत दिन अध्यक्ष ओलीको माग

६ कात्तिक, काठमाडाैँ ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

अध्यक्ष ओलीले बेमौसमा आएको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरे शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिए ।

Advertisement

अध्यक्ष ओलीले पार्टी भित्र उन्नतस्तरको एकता रहेको दावी समेत गरे । उनले उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरु सम्पन्न हुने विश्वास समेत व्यक्त गरे । उनले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top