आगामी निर्वाचनमा एमालेले शानदार बहुमत ल्याउने

६ कात्तिक, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहो¥याउँदै सोही अनुसार पार्टीको काममा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार देशभरका पार्टी वडा अधिवेशनहरुको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उनले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरुको भ्रममा नपरी देश निर्माणको अभियानमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

अध्यक्ष ओलीले भने, ‘आगामी निर्वाचनमा हरेक तहमा शानदार ढंगले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौं । त्यस अनुसारले आन्दोलनमा जुटन म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु । एउटा हल्ला चल्यो अस्ति भर्खर । त्यो हल्ला अव कमजोर हुँदै गएको छ । तीनका स्याल हुँइयाहरु कमजोर हुँदै गएका छन । तीनका आवाजहरु सुक्दै गएका छन । हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अव एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरु चलाइए । तर म कमरेडहरुलाई भन्न चाहन्छु–ती बेकारका बलेसीका पानी रहेछन भन्ने कुरा स्पष्ट भईसक्यो । यी बलेसीका पानीका फोका हुन, तीनका आयू लामो छैन । तिनीहरुले हामीलाई बदनाम गर्न खोजे । चरित्र हत्या गर्न खोजे । हाम्रा विरोधीहरुका चाहना उनीहरुको आवश्यक्ता पूरा गर्ने होईन, हामीले हाम्रा अभिभार पूरा गर्ने हो । त्यो काम हामी गर्छौं । तसर्थ हामी ती अभिभार पूरा गर्न हामी सकेसम्म विभिन्न क्षमता भएका, सामान्य ज्ञान भएका मात्रै होईन, विशेषज्ञता भएका, विभिन्न सामाजिक जीवनका अनेक क्षेत्रहरुबाट समावेशीता, यो समावेशीता हामीले भूगोलको आधार, जातको आधारमा मात्रै भनिरहेका छैनौ । यो समावेशीता क्षमता, विशेषज्ञता, जानकारी, विषयगत भिन्नताजस्ता कुराहरुदेखि लिएर राष्ट्र निर्माणमा सम्पूर्ण कुराहरुको कला हुन सक्छ, संगीत हुन सक्छ । साहित्य हुन सक्छ । इन्जिनियरिङ हुन सक्छ । मेडिसिन हुन सक्छ । अथवा अरु विभिन्न सेक्टर हुन सक्दछ । पर्यटन हुन सक्दछ । यी विभिन्न क्षेत्रका विशेषज्ञताहरु समेत सम्मिलित भएको र त्यसभित्र सन्निहित भएको त्यो पार्टीको निर्माण जो क्षमताहरुको एउटा पुञ्ज हो । संकल्पको पुञ्ज मात्रै होईन, अठोटका पुञ्जमात्रै होईन । ती पूरा गर्नका लागि क्षमताहरुको पनि पुञ्ज । जसले गर्दाखेरी पार्टी सफल र सक्षम हुन सकोस् राष्ट्र निर्माणका लागि हामीले भनेजस्तो । समृद्ध नेपाल सुःखी नेपाली बनाउनका लागि समक्ष हुन सक्नेगरीको सहभागिता । समावेशीता । ’

अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी समेत गरे । माधव नेपाल समेत बाहिरिएपछि पार्टी एकतावद्ध रहेको उनको भनाई थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top