गुडिरहेको बसमा आगलागी, ३६ यात्रु सकुशल

६ कात्तिक ७८, आइतबार

७ कात्तिक ,धादिङ ।

Advertisement

गुडिरहेको रात्रिबसमा एकाएक आगलागी भएको छ।

आज बिहान सुर्खेतबाट काठमाडौंतर्फ आउदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका १ गजुरी बजारमा एक्कासी आगलागी भएको भएको हो। बिहान २ बजे भएको आगलागीमा बसमा पूर्णरुपमा जलेको छ।

Advertisement

बसमा रहेका यात्रु भने सकुशल रहेका छन्। बसमा ३६ जना यात्रु सवार रहेका थिए। आगलागी सुरु हुने वित्तिकै यात्रु ओरालेकाले मानवीय क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ।

बसमा आगो लाग्नुको कारण थाहा हुन सकेको छैन। वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ।

Advertisement

एकाएक इन्जिनबाट धुँवा निस्किने बित्तिकै चालकले बस रोकेर यात्रुलाई बाहिर निकालेका थिए। जसले गर्दा मावनीय क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top