रौतहट बमकाण्डका अभियुक्त आलमको मुद्दा १ वर्षदेखि सर्वोच्चमा– पेसी चढ्यो, भएन सुनुवाइ

७ कार्तिक, काठमाडौं ।

पछिल्लो वर्ष सर्वोच्च अदालतमा विचाराधीनमध्ये सबैभन्दा धेरै चासोका साथ हेरिएको मुद्दा थियो– प्रतिनिधि सभा विघटन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटकसम्म गरेको विघटन विरुद्धका मुद्दाले सर्वोच्चको अधिकांश समय खायो। सर्वोच्चमा रहेका अरु चर्चित मुद्दा थिए– सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका निलम्वित सांसद मोहम्मद अफताब आलमको मुद्दा।

२०७८ सालको सुरुआतसँगै यो मुद्दा निरन्तर पेसीमा चढ्दै आएको छ। यो मुद्दाको पछिल्लो पेसी गत शुक्रबारका लागि तोकिएको थियो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा आलमको सुनुवाइ तोकिएपनि महान्यायाधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए।

जिल्ला र उच्च अदालतले पुर्पक्षका लाथि थुनामा पठाउने भनेर गरेको आदेशलाई चुनौती दिँदै दिँदै आलम २०७७ असोज १२ गते सर्वोच्च आएका थिए। उक्त मुद्दाको प्रारम्भिक सुनुवाइका लागि २०७७ मंसिर १ गते न्यायाधीश मीरा खड्का र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो। तर, उक्त दिन पक्षका कानुन व्यवसायीको मागअनुसार पेसीबाट हटेको थियो।

आलमको मुद्दा हालसम्म ७ पटक पेसीबाट हटेको छ। निवेदकहरुको आग्रहअनुसार ३ पटक हटेको छ भने विपक्षी र सरकारी बकिलको आग्रहअनुसार ४ पटक मुद्दाको पेसी हटेको छ। पछिल्ला ३ पेसी ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा तोकिएको थियो। आलमको मुद्दा कुमार रेग्मी, हरि प्रसाद फुयाँल र अनिल कुमार सिन्हाले हेर्न मिल्दैन।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि आलमको मुद्दा ५ पटक पेसीमा चढेको छ। नयाँ प्रधानमन्त्रीको रुपमा देउवाले सपथ लिएको एक महिनापछि, २०७८ साउन २९ गते पनि उक्त मुद्दामा पेसी तोकिएको थियो, तर सुनुवाइ भएन। त्यसपछि भदौ ११, भदौ २५, असोज ८ र कात्तिक ४ मा उक्त मुद्दाको पेसी तोकिएको छ। हालसम्म २२ न्यायाधीशको इजलासमा पेसी परेको छ, तर एक पटक पनि सुनुवाइ हुन सकेको छैन।

प्रतिपक्षमा रहेको समयमा हालका प्रधानमन्त्री देउवाले आलमलाई छुटाउने प्रयास गरेको अभिव्यक्ति दिएका थिए। २०७७ फागुन १९ गते उनले रौतहट पुगेर यस्तो बताएका थिए। उनी अहिले सरकारमा भएकाले पेसी तोकिएसगै यो मुद्दाको चर्चा चुलिने गरेको छ।

२०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ। जिल्ला, उच्च अदालत हुँदै उनको मुद्दा सर्वोच्च आएको हो। आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top