बारका प्रतिनिधिसँग प्रधानन्यायाधीशले भने- गल्ती भएका ठाउँमा माफी माग्छु, फेरि यस्तो हुँदैन

७ कार्तिक, काठमाडौं ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो तर्फबाट गल्ती भएको ठाउँमा माफी माग्ने बताएका छन्।

मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, विकृतिविहीन अदालत बनाउने सम्बन्धमा गठित समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा विवादित बनेका प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा यस्तो बताएका हुन्।

Advertisement

उनले आउँदा दिनमा त्यस्ता कमजोरी हुन नदिने पनि प्रतिवद्धता जनाएको बारका एक पदाधिकारीले बताए।

यसैबीच, प्रधानन्यायाधीश जबराले भोलि सोमबार दिउँसो १ बजेका लागि फुलकोर्ट समेत बोलाएका हुन्। फुलकोर्टमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराइने भएको छ।

Advertisement

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाइमा बार कार्यसमिति प्रधानन्यायाधीशलाई भेट्न पुगेका थिए। प्रधानन्यायाधीश जबरा विभिन्न विवादमा तानिएपछि जबराविरुद्ध ठोस निर्णय गर्न बारलाई कानुन व्यवसायीहरूले दबाब दिँदै आएका छन्।

प्रधानन्यायाधीशको राजीनामा मागदेखि अदालत प्रवेशमा रोक लगाउनुपर्ने, अदालतका अन्य न्यायाधीशले बेन्च सेयर गर्न नहुने भन्दै कानुन व्यवसायीले दबाब बढाएका छन्।

त्यही सेरोफेरोमा आज बारका पदाधिकारी र प्रधानन्यायाधीश जबराबीच छलफल चलेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top