अब २४ वर्षीय युवक र १९ वर्षीया युवतीले धान्नेछन् एमाले वडा राजनीति

७ कार्तिक, बुटवल ।

नेकपा एमालेको वडा अधिवेशनबाट युवापंक्तिले नेतृत्वमा स्थान जमाएका छन् ।

सिद्धार्थनगरको एउटा वडामा २४ वर्षीय युवक वडाध्यक्ष चुनिएका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा १९ वर्षीया युवती वडा कमिटी सचिव चुनिएर चर्चामा छिन् ।

सिद्धार्थनगर नगरपालिका–१३ वडाको अधिवेशनबाट २४ वर्षीय भीम भण्डारी अध्यक्षमा चुनिएका हुन् । नगरका १३ वटा वडाका अध्यक्षमध्ये उनी नै सबै भन्दा कान्छा हुन् ।

त्यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बाट १९ वर्षीया झरना थापा वडा सचिव चुनिएर चर्चामा छिन् । अध्ययनसँगै राजनीति थालेकी उनले अब अध्ययनसँगै राजनीतिलाई पनि अगाडि बढाउने बताइन् ।

‘अब देशको राजनीति हामी जस्ता युवाले सम्हाल्नुपर्छ, मैले पढाइ र राजनीतिलाई एकसाथ अघि बढाउने सोच बनाएकी छु,’ उनले भनिन् । विद्यालय तहबाट राजनीतिमा लागेकी झरना निर्विरोध वडा सचिवमा चुनिएकी हुन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top