विराटनगर, साउन १६
कथाकार लीलाबहादुर क्षेत्रीको बसाइँ उपन्यासलाई नाटकमा रुपान्तरण गरेर मोरङको झोराहाट नाट्य समूहले बुधबारदेखि मञ्चन सुरु गरेको छ । झोराहाट नाट्य समूहको नाटक हलमा सुरु भएको नाटक आगामी साउन २० गतेसम्म जारी रहनेछ ।
युवा कलाकारसमेत रहेका सुदीप कार्कीले निर्देशन गरेको नाटकमा इलाम, संखुवासभा, मोरङलगायतका जिल्लाका कलाकारहरुले अभिनय गरेका छन् ।
नाटकको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले सामाजिक विकृतिमाथिको तिखो प्रहार गरेको नाटकले सामाजिक रुपन्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
बसाइँ उपन्यास कक्षा ११ को नेपाली विषयमा अध्यापन हँुदै आएको छ । कलाकारहरुलाई १५ दिनको प्रशिक्षणपछि नाटक मञ्चनका लागि तयार पारिएको झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए । ग्रामीण क्षेत्रमा पनि भाषा साहित्यसँगै रंगमञ्च स्थापित गराउन नाट्य समूहले काम गरिरहेको गुरागाईंले जानकारी दिए ।