×

NEPAL TIMES UPDATES

Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026

भारतमाथि पाकिस्तानको शानदार जित

८ कार्तिक २०७८

८ कात्तिक, एजेन्सी ।

आइसिसी टि२० विश्वकपमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलो पटक पराजित गरेको हो ।

Advertisement
Advertisement

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीमा १७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे । अर्का ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे ।

रिजवानले जस्प्रित बुमराहलाई चौका प्रहार गर्दै ४१ बलमा अर्धशतक पूरा गरेका थिए । बाबरले स्पिनर बरुण चक्रवर्तीलाई छक्का प्रहार गर्दै ४० बलमा अर्धशतक पूरा गरेका थिए । बाबर र रिजवानले टि२० विश्वकपमा नयाँ कीर्तिमान पनि बनाएका छन् । पहिलो विकेटका लागि यो विश्वकपमा भएको उच्च साझेदारी हो । यसअघि सन् २००७ को विश्वकपमा मा क्रिस गेल र डेवन स्मिथले १ सय ४५ रनको साझेदारी गरेका थिए

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाए । कोहलीले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

युवा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा ओपनर रोहित शर्मालाई शून्यमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । रोहित आफूले सामना गरेको पहिलो बलमै अर्थात गोल्डेन डक आउट भएका थिए । अफ्रिदीलेनै तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर लोकेश राहुल ९केएल० लाई ३ रनमा बोल्ड आउट गरेपछि पाकिस्तानले सानदार सुरुवात गरेको थियो ।

अर्का तीव्र गतिका बलर हसन अलीले छैटौं ओभरको चौथो बलमा सूर्यकुमार यादवलाई मोहम्मद रिजवानबाट ११ रनमा क्याच आउट भएपछि भारत ३१–३ को कमजोर अवस्थामा पुगेको थियो । सूर्य एज लागेर आउट हुन पुगेका थिए । खराब सुरुवात गरेको भारतलाई चौथो विकेटका लागि ऋषभ पन्त र विराट कोहलीले ४० बलमा ५३ रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाएका थिए ।

स्पिनर शादब खानले १३ औं ओभरको दोस्रो बलमा पन्तलाई ३९ रनमा कट एण्ड बोल्ड आउट गर्दै साझेदारी तोडे । ठूलो सट खेलेका पन्त टप एज लागेर कट एण्ड बोल्ड आउट भएका थिए । पन्तले ३० बलमा २ चौका र २ छक्का प्रहार गरे । रविन्द्र जडेजाले १३ बलमा १ चौका सहित १३ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ८ बलमा २ चौका सहित १२ रनमा आउट भए । अफ्रिदीको बलमा कोहली रिजवानबाट क्याच आउट हुन पुगेका थिए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर प्रमुख ३ विकेट लिए । हसन अलीले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । हरिस रौफ र शादब खानले १-१ विकेट लिए ।

Advertisement

यसअघि टि२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको थियो । भारत ५ खेलमानै विजयी भएको छ । पाकिस्तानले आफ्नो दोस्रो खेलमा मंगलबार न्युजिल्यान्डसँग खेल्नेछ । भारतले भने आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top