एल क्लासिको : रियल म्याड्रिडले बार्सिलोनालाई हरायो

एल क्लासिको : रियल म्याड्रिडले बार्सिलोनालाई हरायो

८ कात्तिक, एजेन्सी ।

सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गरेकाे छ । क्याम्प नोउमा डिफेन्डर डेभिड अलाबा र लुकास भाज्क्वेजले गोल गरेपछि रियलले बार्सिलोनाकै मैदानमा २–१ काे जित निकालेको हो ।

जितसँगै २० अंकका साथ रियल ला लिगा अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ९ खेलमा समान २० अंक जोडेका सेभिल्ला दोस्रो र रियल सोसिडाड तेस्रो स्थानमा छ ।  हारपछि १५ अंकका साथ बार्सिलोना आठौं स्थानमा झरेको छ ।

काउन्टर एट्याकमा ३२ औं मिनेटमा रोड्रिगोले उपलब्ध गराएको पासलाई शक्तिशाली प्रहारमार्फत अलाबाले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए ।

भाज्क्वेजले ९ मिनेट इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै रियलको जित पक्का गरे । खेलको अन्तिम समयमा बार्सिलोनाका सर्जियो अगुएरोले गोल गरेपनि रियल जित दर्ता गर्न सफल रहयो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.