×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

लिभरपुलसँग म्यानचेस्टर युनाइटेड ५-० ले हार्याे

८ कार्तिक २०७८

८  कात्तिक, एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार घरेलु मैदान ओल्ड ट्राफर्डमा चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलसँग लज्जास्पद हार बेहोरेको छ । फरवार्ड मोहमद सलाहको सानदार ह्याट्रिकमा लिभरपुल ५-० को जित दर्ता गर्न सफल भएको हो ।

Advertisement
Advertisement

फरवार्ड मोहमद सलाहले सानदार प्रदर्शन गरेपछि लिभरपुलले पहिलो हाफमा ४-० को अग्रता लिएको हो । सलाहकै पासमा मिडफिल्डर नाबी केइटाले गोल गर्दै लिभरपुललाई पाँचौ मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि १४ औं मिनेटमा डिओगो जोटाले गोल गर्दै अग्रता दोब्बर पारे । युनाइटेडको कमजोर डिफेन्सको फाइदा उठाउँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको क्रसमा जोटाले खाली पोस्टमा गोल गरेका थिए ।

३८ औं मिनेटमा केइटाको पासमा गोल गर्दै सलाहले खेल ३-० को स्थितिमा ल्याए । इन्ज्युरी समयको पाँचौ मिनेटमा जोटाको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई ४-० ले अघि बढाए ।

दोस्रो हाफको सुरुवातमै सलाहले ह्याट्रिक पूरा गरे । उनले ५० औं मिनेटमा जोर्डन हेन्डरसनको सानदार पासको सदुपयोग गरेका थिए । मिडफिल्डबाट हेन्डरसनले अफसाइड ट्रयाप बिट गर्दै दिएको आउटसाइड फुट पासलाई सलाहले पेनाल्टी क्षेत्रभित्र लगेर गोल गरेका थिए । त्यसको दुई मिनेटमै क्रिस्टियानो रोनाल्डोले युनाइटेडका लागि गोल फर्काएपनि भीएआरले उक्त गोललाई अफसाइड भएका कारण मान्यता दिएन ।

६० औं मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भयो । दोस्रो हाफमा मेसन ग्रीनवुडको स्थानमा प्रवेश गरेका पल पोग्बा रातो कार्ड खाँदै बाहिरिएका थिए । लिभरपुलका नाबी केइटालाई डरलाग्दो फल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै कार्ड दिए । केइटाले भने स्ट्रेचरमा मैदान छोड्नुपरेको थियो । ८३ औ मिनेटमा काभानीको प्रहार क्रसबारमा लाग्दा युनाइटेडले खेलमा सान्तवना गोल गर्न सकेन ।

Advertisement

यस नतिजासँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ । टोलीले ९ खेलमा ६ जित र ३ बराबरीसँगै २१ अंक जोडेको छ । युनाइटेड भने ३ जित, २ बराबर र ३ हारसँगै सातौं स्थानमा छ । शीर्षस्थानको चेल्सीसँग २२ अंक छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top