डिबालाको गोलमा इन्टर मिलानसँग हार्नबाट जोगियो युभेन्ट्स

डिबालाको गोलमा इन्टर मिलानसँग हार्नबाट जोगियो युभेन्ट्स

८ कात्तिक, एजेन्सी ।

अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले खेलको अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स इटालियन सिरी ‘ए’ मा इन्टर मिलानसँगको हारबाट जोगिएको छ ।

मिलानो इटालीमा आइतबार राति भएको खेलमा इन्टर मिलान र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेको हो ।  घरेलु टोलीले खेलको १७औं मिनेटमा इडेन जेकोको गोलबाट अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई इन्टरले अन्तिम समयसम्म जोगाउन सकेन ।

डेन्जेल डमफ्रेजले पेनाल्टी बक्समा एलेक्स सान्द्रोलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीको भिएआरको सहायता लिदै युभेन्ट्सलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।

युभेन्ट्सलाई पेनाल्टी दिएको विषयमा प्रशिक्षक सिमोन इन्जाघीले फोर्थ अफिसियलसँग विवाद गर्न पुगेपछि रेफ्रीले रातो कार्ड देखाएका थियो । बराबरीपछि इन्टर ९ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । युभेन्ट्स १५ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.