अमेरिकाले दिएको फाइजर खोप काठमाडौं आइपुग्यो

७ कात्तिक ७८, सोमबार

८ कार्तिक, काठमाडौं ।

Advertisement

अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो।

Advertisement

यसअघि पनि अमेरिकाले जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार डोज खोप दिएको थियो। यो खोप एक डोज लगाए मात्र पुग्छ।

अहिले दिएको फाइजर खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई पनि लगाउन मिल्छ। यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानमा देखिएको छ।

Advertisement

फाइजर खोप दीर्घ रोगीलाई लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ।

यसपछि अमेरिकाबाटै ६० लाख फाइजर खोप खरीद गर्न लागिएको छ। पुसम्म आउने खोप बालबालिकालाई लगाइनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top