काठमाडौं, साउन १७
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा सकिएको ८१ औं दिनमा बोर्डले ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशित गरेको हो । परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ । वैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए ।
बोर्डले पहिलोपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरेको छ । ग्रेडमा चित्त नबुझेमा परीक्षार्थीले पुनः परीक्षा दिन सक्ने बोर्डले जनाएको छ । एउटा विषयमा डी प्लस वा त्योभन्दा तल आएमा ग्रेड वृद्धिको परीक्षा दिन सकिनेछ । परीक्षा भदौ १६ मा हुनेछ । नतिजामा चित्त नबुझेमा बोर्डले पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिने व्यवस्थासमेत मिलाएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस