७२ वर्षपछि चीनले ल्यायो सीमा सुरक्षासम्बन्धी नयाँ कानून

७ कात्तिक ७८, सोमबार

८ कार्तिक, एजेन्सी ।

चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून अनुमोदन गरेको छ ।

भारतसँगको सिमा बिबाद बढिरहेको र अफगानिस्तानमा तालिवानले सत्ता सम्हाaलिरहेको पृष्ठभूमिमा चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून अनुमोदन गरेको हो ।

जनगणतन्त्र चीन स्थापना भएको ७२ वर्षपछि बेइजिङ पहिलो पटक सीमा सुरक्षासम्बन्धी नयाँ कानून ल्याएको हो । नयाँ कानून सन् २०२२ देखि लागू हुनेछ ।

चीनको करिब २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको छ ।

चीनसँग नेपाल, भारत, भुटान, अफगानिस्तान, पाकिस्तान, म्यानमार, उत्तर कोरिया, काजकस्तान, ताजिकिस्तान, किर्गिस्तान, रसिया, लाओस, मंगोलिया, र भियतनामसँग सीमा जोडिएको छ ।

१५ अगस्टमा काबुल कब्जा गरेपछि चीनले अफगान सरकारलाई नजिकबाट निहालिरहेको छ । अफगान शरणार्थीको सम्भावित प्रवाहलाई अनुमान गर्दै उसले पछिल्लो समयमा अफगानिस्तानसँगको सीमामा कडाई गरेको छ । चीनको सिन्जियाङ प्रान्तका मुस्लिम उहिगरसँग अफगानिस्तानका मुसलमानको सम्बन्धबारे पनि चीन चनाखो बनेको छ ।

हिमाञ्चल प्रदेशमा सन् २०२० को अप्रिलदेखि भारतीय सेना र चीनका सेनाबीच बारम्बार आमनेसामनेको हुने गरेको छ । ‘क्षेत्रीय सार्वभौमसत्ता र स्थल सीमा रक्षाका लागि देशले प्रभावकारी कदम चाल्नेछ’ नयाँ कानूनमा भनिएको छ ।

 

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top