सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

८ कात्तिक, काठमाडौँ।

Advertisement

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ। ब्युरोको टोलीले आज बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो ।

सुनौली नाकाबाट गैर कानुनी रूपमा नेपाल भित्रिएर काठमाडौँ आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए। उनीहरुलाई अध्यागमन विभागमा बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।

Advertisement

अफगानी नागरिक सुनौली नाकाबाट नेपाल भित्रिएको सूचना ढिलो गरेर सुरक्षा संयन्त्रले पाएको थियो। नेपालस्थित शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालयले गुपचुप अफगानस्तानीलाई अस्थायी आश्रय दिएर राखे पनि त्यसको सुइँको गृह प्रशासनले समयमै पाएन ।

हिजो (आइतबार) मात्रै यसबारे जानकारी पाएपछि गैर कानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमा नाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top