मन्त्रिपरिषद्को बैठक बस्दै

८ कात्तिक, काठमाडौं।

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

आजको बैठक नियमित भए पनि पछिल्लो समय देशका विभिन्न भागमा आएको बाढी पहिरोले पुर्‍याएको जनधनको क्षति लगायतका विषयमा बैठकले आवश्यक निर्णय लिने बताइएको छ।

Advertisement

बेमाैसमी वर्षाका कारण भएकाे क्षति निरीक्षण गरेर प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडाैँ फर्किसकेका छन्। देउवाले काठमाडौं फर्किएलगत्तै प्रभावितहरुका लागि राहत, पुन:स्थापना तथा क्षतिपूर्तीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top