×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुदूरपश्चिमका किसान राहत माग्दै सरकारसम्म पुगे

८ कार्तिक २०७८

८ कात्तिक, काठमाडाैँ ।
बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले बाढी पहिरो पीडित किसानहरुका लागी तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन् । आइतवार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतीपूर्तीको माग गरिएको हो ।

ज्ञापन पत्र बुझाउँदै कृषक संगठनहरुले कृषि संकटग्रस्त क्षेत्र घोषणा, प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यर्थाथ तथ्यांक संकलन, क्षतिपुर्ति तथा किसानलाई तत्काल उचित राहत, घाइतेहरुको स्वास्थ्योपचार तथा बसोबास गुमाएकाहरुलाई उचित बसोबासको व्यवस्था, कृषि पेशा सुरक्षाको लागी बाली र पशुधन विमा कार्यक्रम प्रभावकारी बनाउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाशबहादुर थापाले बाढी पहिरो पीडित किसानहरुको लागि तत्काल प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

ज्ञापनपत्र बुझ्दै मन्त्री विनिता चौधरीले तथ्यांक संकलन गरिरहेको र तथ्यांक आइसकेपछि किसानको लागी राहत प्याकेज र हिउँदे बालीको लागी अनुदानमा बिउविजन तथा मलखाद उपलव्ध गराउने बताइन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, खाद्य अधिकार संजाल, केरा उत्पादन तथा प्रबद्र्धन जिल्ला सहकारी कञ्चनपुर, मुख्यमन्त्री नमुना कृषि गाउँ(केरा) कृषक समन्वय समिति कञ्चनपुर, गैसस महासंघ नेपाल, भूमि अधिकार मञ्च कैलाली लगायत कृषि संघ संगठनहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए । गत असोज ३१ गते देखी निरन्तर परेको बर्षाले कैलाली कञ्चपुरमा मात्रै ३ अर्वको धानबालीमा क्षति गरेको जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top