भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ : प्रचण्ड

८ कात्तिक, काठमाडाैँ ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमवार नेपालका लागि पूर्व भारतिय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन्।

उनले भारतिय प्रधानमन्त्रीले संविधानसभामा आएर नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा नेपालका सांसदहरुले तालि बजाएको कुरालाई स्मरण गर्दै उनले नेपाल स्वतन्त्र राष्ट्र हो भन्दा तालि बजाउनेहरुलाई तालि बजाइरहने बनाउन पनि आग्रह गरे। नेपाल भारत सिमा समस्या रहेको उल्लेख गर्दै उनले सिमा समस्यालाई सम्वादको माध्यमबाट समाधान गर्न सकिने तर्क गरे । उनले भने –‘मोदिजीले जसरी आएर संविधानसभामा बोल्नुभयो, जतिबेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दाखेरी तालि । यसो हेर्दा त तालि लगाउनुपर्ने कुरा त होइन । सार्वभौमसत्ता सम्पन्न नेपाली राष्ट्र हो नि । उहिले नि थियो । अहिले नि छ भोली नि हुन्छ । तर हामीले तालि लगाइयो त्यहाँ । बडो उत्तेजित भइयो खुशी भइयो । यो कुराको हिसाबचाहीँ अलि राम्रोसँग भारतले गर्नुपर्छ भन्ने लाग्छ मलाई । भारतिय नेतृत्वले, भारतिय बुद्धिजिवीहरुले । नेपालीहरु बुद्ध नेपालमा जन्मेका हुन् भन्दा खुशी हुन्छन् । जन्मिएकै हुन् नि त्यत्रो ठुलो उत्पात त हुनुपर्ने कुरो होइन । तर नेपालमै जन्मिएका हुन् भन्दामात्रै बल्ल खुशी भइन्छ । कसैले अर्को कुनै भाषा प्रयोग गर्यो बुद्धले बुद्धत्व प्राप्त गरेको त भारतमा हो नि भन्यो भने त्यति मिठो लाग्दैन । जन्मिएको त नेपालमै हो नि भन्न मन लाग्छ । प्राप्त गरेको त भारतमै हो नि हुन त । तथ्य त त्यो पनि हो । यो मनोविज्ञानको विश्लेषण हामी दुवैले र मुख्यत्ः भारतले नै गर्नुपर्छ भन्ने ठान्छु म । मोदीले तिमीहरु स्वतन्त्र हौँ भन्दा तालि बजाउनेहरुलाई त तालि बजाको बजाई गर्ने बनाइदिनुप¥यो नि । सधैँ तालि बजाउने बनाइदिनुप¥यो । ठुलो राष्ट्रको जमिन पनि धेरै छ । जनसंख्या पनि धेरै छ । ठुलो राष्ट्रले सानो राष्ट्रलाई थोरै थोरै जमिन सानोको उतापट्टी पस्यो भनेपनि खासै फरक पर्दैन । सानो ठुलोकोमा पस्यो भने त हालत खराब हुन्छ नि सानोको त । यो सेन्सिटिभिटीलाई पनि भारतिय नेतृत्वले, भारतिय बुद्धिजिवीहरुले गहिरोगरी समिक्षा गर्नुपर्दछ भन्ने मलाई लाग्छ । सिमानाका जे जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरु छन् । ति सम्वादको तरीकाद्धारा उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् । हामी मिल्नुको विकल्प छैन । इतिहासले, भुगोलले, संस्कृतिले, अर्थतन्त्रले, जनता जनताको सम्बन्धले । हामीहरु मिलेर एक अर्काको कन्सर्नहरुलाई ध्यान दिएर सकारात्मक र रचनात्मक ढंगले समाधान गर्दै अगाडी जानुपर्छ ।’

उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपु¥याएमा भारतसँग मित्रता हुने पनि बताए। नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपु¥याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा दुई देश बिचको सम्बन्ध सुदृढ हुने उल्लेख गरे । उनले भने– ‘यदी नेपालको नेशनल इन्ट्रेष्टमा भारतले बाधा होइन, सहयोग पु¥याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ । नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको नेशनल इन्ट्रेष्टलाई बाधा पु¥याएको छैन बरु त्यो सँग सहयोगी हुन मद्दत गरेको छ भने नेपालसँग भारतको पनि राम्रो सम्बन्ध हुन्छ । एक अर्काको नेशनल इन्ट्रेष्ट सर्भ ग¥यो, एक अर्कालाई मद्दत ग¥यो भने त्यहीँनिर सम्बन्धहरु सुदृढ भएर जान्छन् । नेपालको नेशनल इन्ट्रेष्ट र भारतको नेशनल इन्ट्रेष्टलाई एक अर्काले सम्मान गर्ने, सहयोग गर्ने प्रक्रियाको सुरुवात गरियो भने दुनियाँको कुनैपनि तागतले हाम्रो सम्बन्ध सुदृढ हुन रोक्न सक्दैन । हामी सबै त्यतैतिर लागौँ ।’

उनले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको पनि बताए। भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहानले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उनको भनाई छ । उनले भने – ‘एउटा के कुरा सत्य हो भने सबैको सहयोग नभइकन त यो शान्ति सम्झौता भएको होइन । हुनत कतिपय शक्तिकेन्द्रहरु यो शान्ति सम्झौता हुनै नपाओस् भनेर अन्तिम समयसम्म पनि बल गरेको पनि हामीलाई थाहा छ । तरपनि नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडी आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रैपनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु । त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो । हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्यो, भयो । त्यसकारण हामी अहिले यहाँ छौँ ।’

अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजि झुठो भएको पनि उल्लेख गरे । माओवादी जनयुद्धलाई भारतको कुनैपनि प्रकारको सहयोग नरहेको उनले स्पष्ट पारे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top