Nepal Times
Nepal Times
3
Shares

राष्ट्रियसभाका यी २० सांसद हुँदैछन् पदमुक्त, एमालेका मात्रै ८ जना

राष्ट्रियसभाका यी २० सांसद हुँदैछन् पदमुक्त, एमालेका मात्रै ८ जना

९ कात्तिक, काठमाडौँ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सदस्य पदमुक्त हुँदैछन् । नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी)का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद विदा हुनेछन् ।

२०७४ साल फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यको गोलाप्रथाबाट कार्यकाल तय गरिएको थियो । जसमध्ये गोला तान्दा २ वर्ष कार्यकालको गोला तान्नेहरु अघिल्लो बर्ष नै विदा भएका थिए भने ४ वर्षको तान्नेहरु आगामी फागुन २० गतेबाट बिदा हुन लागेका हुन् ।

चार वर्षको अवधि पूरा गरेर विदा हुनेमा एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई छन् ।

माओवादी केन्द्रबाट निर्वाचित शशीकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक पनि फागुन २० गतेदेखि पदमुक्त हुँदैछन् ।नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदैछन् । यी चारै जना नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

यस्तै, नेपाली कांग्रेस राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे बिदा हुँदैछन् । अधिकारी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता हुन् भने भट्ट दियो विकास तथा सुशासन समितिकी सभापति हुन् ।

अर्का मनोनित सांसद रामनारायण बिडारी पनि बिदा हुँदैछन् । संविधानको धारा ८६(३) र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ को व्यवस्थाअनुसार फागुनदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिने लागेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.