एकीकृत समाजवादी बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन

८ कात्तिक ७८, मंगलबार

९ कार्तिक, विराटनगर ।

Advertisement

पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ ।

एमालेले बाढीपहिरो प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो ।

Advertisement

उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा आज अधिवेशन हुने छैन । लेटाङ र उर्लाबारीमा नेकपा एकीकृत समाजवादीको पकड छ । अन्य पालिकामासमेत एकीकृत समाजवादीसामु एमाले कमजोर छ ।

एमाले कमजोर रहेका पालिकामा पार्टी प्रवेश गराएर मात्र अधिवेशन गर्ने तयारीमा एमाले मोरङको छ । एमाले मोरङका अध्यक्ष ऋसिकेश पोख्रेलले तयारी नसकिएकोले अधिवेशन केही समय पछाडि सारिएको दाबी गरे ।

Advertisement

उर्लाबारी र लेटाङमा १२ कात्तिकका लागि अधिवेशन तय भएको छ । अन्य पालिकामा मिति तय भइसकेको छैन । मोरङमा आज १२ पालिकामा मात्रै एमालेको अधिवेशन हुँदैछ ।

अधिवेशनमा हुने पालिकामा विराटनगर, रंगेली,रतुवामाई, कानेपोखरी, पथरी शनिश्चरे, मिक्लाजुङ, बेलबारी, सुन्दरहरैचा, केराबारी, ग्रामथान र बुढीगंगा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top