घाँस बिक्री हुन छाडेपछि संकटमा घसियारन समुदाय

८ कात्तिक ७८, मंगलबार

९ कार्तिक, नेपालगञ्ज ।

नेपालगञ्ज उप–महानगरपालिका–८ कि रुपरानी केवटको दैनिकी घाँस खोज्दै बित्ने गरेको छ । घाँस खोज्नकै लागि उनी कहिले नेपालगञ्जका विभिन्न टोलटोलमा भौतारिने गरेकी छन् । अरूको घरआँगन र सार्वजनिक स्थलबाट काटेर ल्याएको घाँस बिक्री गरेको रकमबाटै उनको दैनिकी गुजारा चल्ने गरेको छ।

के जाडो, के घाम, के पानी, के शीत बाह्रै महिना घाँस काटेर बिक्री गर्नु उनको दैनिकी नै बनेको छ । ‘१२ जनाको परिवार छ । छोराले मोटरसाइकल धुने काम गर्छ । छोरीले अरुको घरमा गएर घरेलु काम गर्छे ।

घाँस पाइन छोड्यो । दिनभरी खोजेर जम्मा गरेको घाँस पचासदेखि सय रुपैयाँमा पनि बिक्दैन । घाँस काटेर गुजारा चल्न पनि गाह्रो हुन थाल्यो’, मलिन अनुहार लगाउँदै उनले दुखेसो पोखिन् ।

उनकै छिमेकी छोटाना केवटको दैनिकी पनि रुपरानीको दैनिकीभन्दा खासै फरक छैन । घाँस बेचेर जीवन चलाउन उनलाई आजभोलि कठिन हुन थालेको छ । उ

नी कति वर्षकी भइन् र कहिलेदेखि घाँस काट्न सुरु गरिन् भन्ने कुरा स्वयं उनलाई सम्झनासम्म छैन । ‘पहिले पहिले बढी जसो घाँस टाँगा चालकले घोडाका लागि भनेर किन्थे, तर अहिले त्यतिखेरको जस्तो टाँगा चल्दैनन् । घाँस हुने ठाउँमा महल ठडिएका छन् । भनेको जस्तो घाँस पनि पाइन छोड्यो, आजभोलि गुजारा चलाउ नै मुस्किल छ’, उनले निराश हुँदै भनिन् ।

पहिला घाँसको लागि मानिसहरूको तँछाडमछाड हुने गरेको स्मरण गर्दै उनले भनिन्, ‘ पहिला नेपालगञ्जमा सवारीको साधन घोडाले तान्ने टाँगा मात्र थियो

। अहिले टाँगा विस्तापित भएर टाँगाको ठाँउ अटो, ई–रिक्सा र नगरबसले लियो । टाँगा तान्ने घोडा पाल्नेहरूले अटो र ई–रिक्सा चलाउन थालेपछि घाँसको खपत कम भयो । खपत कम हुँदा घाँसको मूल्यपनि पाइन छाडेको छ ।’

घसियारा समुदायका महिला र किशोरीहरू मात्र नभई ससाना बालिकाहरू पनि विद्यालय जानुको साटो घाँस खोज्न जानु उनीहरूको बाध्यता हो ।

यसै समुदायकी नन्दनी केवट ९ वर्षकी मात्रै भइन् । कलम समाउने बेला उनका कलिला हातहरू घाँस खोज्न र खोजेको घाँस मिलाइरहेका देखिन्छन् । उनलाई कलम र कापीबारे थाहै छैन । दिनभरिमा ५० रुपैंयासम्मको घाँस बेचेको दिन उनको सबैभन्दा खुसीको दिन हुन्छ । नन्दनी मात्र होइन उनी जस्ता थुप्रै बालिकाहरूको दैनिकी प्रायःजसो यस्तै हुन्छ ।

घाँसको बिक्री घट्न थालेपछि यो समुदायका महिला अहिले अरूका घरमा भाडा माझ्ने, दुनाटपरी बनाउने र सरसफाइको काम गर्न थालेको सोममती केवटले बताइन् । उनले भनिन, ‘घाँस काटेर मात्रै जीवन निर्वाह गर्ने हाम्रो समुदायका लागि पछिल्लो समय कठिन बन्दै गएको छ । पुर्खौदेखि जानेको सिप यही हो । पढाइलेखाइ छैन, अब त भोकै मनु पर्ने अवस्था आउन लागेपछि दुना टपरी बनाउने र सरसफाइको काम गर्न थालेका छौँ ।’

रुपारानी, छोटना, नन्दनी र सोममती त प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता नेपालगञ्ज उपमहानगरपालिका– ८ र १३ मा घसियारन समुदाय बस्दै आएका छन् । उनीहरूको पुर्खाैली पेसा भनेको घाँस काटेर बेच्ने हो । तर, जीवन निर्वाहको पहिलो र मुख्य स्रोत घाँस भए पनि मानिसहरू यन्त्रमा भरपर्दा पशु पाल्नसमेत छाडेको कारण घाँसको खपत र माग घट्दै जाँदा समस्या सुरु भएको छ । उनीहरू आफूहरूको जीवनयापनको लागि वैकल्पिक रोजगारीको लागि स्थानीय सरकारले व्यवस्थापन गर्न पर्ने माग राख्छन् ।

उसो त स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि कुनै सुविधा नपाएको गुनासो उनीहरूको छ । नेपालगञ्ज–८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताले घसियारन समुदायको लागि, सार्वजनिक शौचालय र स्नान घर बनाइसकेको जानकारी दिँदै अब छिट्टै सञ्चालनमा ल्याइने तयारी वडाले गरेको बताए । वडा अध्यक्ष गुप्ताले घाँसमण्डी रहेको आधा जमिनमा उनीहरूका लागि सांस्कृतिक कार्य विवाह मण्डप, पूजा गर्ने सामूहिक सभाहल बनाउने लगायतका योजनाअघि सारेको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगरले घसियारनहरूका लागि नगरले जनचेतनामुलक कार्यक्रम गरि उनीहरूको पुर्ख्यौली पेसा संरक्षण गर्दै सिपमुलक तालिमको व्यवस्था गर्ने, आगामी वर्षहरूबाट सो समुदायका बालबालिकाको उच्च शिक्षाका लागि केही न केही विकल्पअघि सार्ने तयारी भएको बताइन् ।

नेपालगञ्जको वडा नम्बर ८ मा २६ र वडा नम्बर १३ मा ३९ परिवार गरी करिब ६५ परिवार घसियारन समुदायको बसोबास छ । यो परिवारका पुरुष दैनिक ज्यालादारीमा काम गर्ने गर्दछन् । यो समुदाय विपन्न तथा लोपोन्मुख समुदायमा पर्दछ । सम्बन्धित वडा र पालिकाले यो समुदायका लागि उत्पादनमूलक र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा यो समुदाय झनै ओझेलमा परेको छ ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top