राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए

२६ भदौ ८३, शुक्रबार
Share this
728shares

काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर महिलाले शिशु जन्माएको घटनामा ड्युटीमा रहेका कर्मचारीमाथि कारबाही गर्दै सरकारले छानबिन अघि बढाएको छ।शुक्रबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनालाई सरकारले गम्भीर रूपमा लिएको बताइन्। उनका अनुसार ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ भने नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठसहित पाँच सदस्यीय टोलीले स्थलगत छानबिन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको छ।

Advertisement

अस्पतालको प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान प्रसव व्यथापछि अस्पताल पुगेकी ३० वर्षीया बबिताकुमारी पासवानलाई प्रसूति वार्डमा भर्ना गरिएको थियो। आवश्यक जाँच गर्न सुझाव दिएपछि उनी कुरुवासहित अस्पतालबाट बाहिरिएको र बिहान ४ः४५ बजे मूल गेटबाहिरै शिशु जन्माएको अस्पतालको दाबी छ। मन्त्री मेहताका अनुसार घटनालगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरणसमेत मागिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top