खोटाङका १० पालिकामा एमालेको अधिवेशन हुँदै, ७५० जनाले नयाँ जिम्मेवारी पाउने

८ कात्तिक ७८, मंगलबार

९ कार्तिक, खोटाङ ।

खोटाङका १० वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन हुँदैछ । आसन्न १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा पालिका अधिवेशन हुन लागेको हो । पालिका अधिवेशनको तयारी पूरा भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

एमालेको पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था छ । पालिका अधिवेशनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने एमालेले जनाएको छ ।

पालिका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव र सदस्य चयन गरिने छन् । पालिका अधिवेशन सर्वसहमति ढंगबाट टुंग्याइने अध्यक्ष दंगालले बताए ।

पालिका अधिवेशनका लागि जिल्लाका ७९ वडामध्ये ६ कात्तिकदेखि ८ कात्तिकसम्ममा ७८ वडाको अधिवेशन सकिएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको अधिबेसन भने प्रतिनिधि चयन गरेर स्थगित भएको छ ।

पालिका अधिवेशनपछि सो वडाको अधिवेशन टुंग्याइने एमालेले जनाएको छ । ७८ वडा अधिवेशनबाट २ हजार ४१८ वडा स्तरीय नेता तथा कार्यकर्ताले वडामा नयाँ जिम्मेवारी पाएका छन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top